बाँझो जग्गामा ओखरखेती गर्दै किसान

डोल्पा : वर्षौंदेखि बाँझो रहेको जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याएको ‘चाङदलर’ ओखर लगाएपछि खाली जग्गा सदुपयोग भएको छ । स्थानीयवासी दैनिक उक्त ओखरको हेरदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहल बढेको छ ।

कर्णाली प्रदेश मातहतको कृषि विकास कार्यालय जाजरकोटले लक्षित वर्ग विशेष कार्यक्रममार्फत साकियाका एकसय घरधुरी कृषकलाई एक हजार पाँचसय बिरुवा वितरण गरेको छ । कृषकको जीवनस्तर आर्थिकरुपमा उठाएर व्यावसायिकरुपमा गति दिनलाई सो कार्य गरिएको प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

स्थानीयवासी कृषक रामबहादुर बुढाले भने, ‘सबै बिरुवा सित्तैमा कृषि कार्यालयले उपलब्ध गराएको हो, हामी यसलाई राम्रोसँग हुर्काएर नतिजा निकाल्न चाहान्छौँ’, अधिकारीका अनुसार तीन वर्ष नर्सरीमा रहेकाले अबको तीन वर्षभित्र फल दिनेछ । यहाँको भूगोल, माटो र वातावरणीय अवस्थाअनुसार टर्की चाङदलर बिरुवा उपयुक्त हुने भएपछि रोपिएकोे हो ।

टर्कीबाट कार्गो भाडासमेत गर्दा प्रतिबिरुवा नौसय रूपैयाँ परेको कार्यालयले जनाएको छ । त्यस्तै कुशे गाउँपालिका–७ समाइलामा २४६ घरधुरीलाई सात हजार बिरुवा वितरण गर्न लागिएको छ । प्रतिघरधुरी २८ बिरुवा वितरण गरिने छ । त्यस्तै नलगाड नगरपालिका–डाडाँकटारीमा ४० हजार रूपैयाँ बराबरका कागतीका बिरुवा वितरण गर्न लागिएको छ।

छेडागाड नगरपालिका–५ सिँचाइ आयोजना निर्माण स्थानीयवासीले सिँचाइ सुविधा पाएका छन् । त्यस्तै सोही ठाउँमा १८ लाख रूपैयाँको आँपको बिरुवासमेत वितरण गर्ने अन्तिम तयारी भएको छ । प्रदेशसभा सदस्यको सिफारिसमा यी ठाउँमा बिरुवा वितरण गरिएको हो । ठाउँअनुसारको बिरुवा सिफारिस गरिएको र अर्को वर्षसमेत यो कार्यक्रम जारी रहने प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए ।

बाँझो जग्गामा ओखरखेती गर्दै किसान

खाद्यान्‍न जोहो गर्न हानथाप

बाँझो जग्गामा ओखरखेती गर्दै किसान

जाजरकोट अस्पतालमा ३० बेडको आइशोलेशन कक्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds