फाइजर खोप गम्भीर रोगका बिरामीलाई दिने तयारी

काठमाडौं । कोरोनाविरुद्धको फाइजर खोप दशैँअघि आउने भएपछि सरकारले खोप लगाउन तयारी थालेको छ । द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन –गाभी)मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप गम्भीर रोगका बिरामी तथा ज्येष्ठ नागरिकलाई दिने तयारी गरिएको छ ।

बालबालिकालाई लगाउन मिल्ने भए पनि अब आउने फाइजर खोप प्रतिरोधी क्षमता कम भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई दिइने विषयमा छलफल अघि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले बताए।

उनका अनुसार अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग भई प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिनेछ । ज्येष्ठ नागरिकलाई सुरुमा दिइने तयारी गरिए पनि निर्णय भएको छैन। ‘ तर रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई यो खोप लगाउने कि भन्ने छलफल भइरहेको छ’, उनले भने।

आउन लागेको फाइजर खोप गाभीले नेपालमा हाल भएको भण्डारकक्षमा भण्डार गर्न कत्तिको उपयुक्त हुन्छ भन्नका लागि परीक्षणस्वरूप अनुदानमा पठाउन लागेको बताइएको छ । यसरी आउने खोप नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउन लागेको हो।

खोप भण्डारण गर्न सरकारले चारवटा कोल चेन तयार गरेको छ। ती कोल चेनमा १ लाख डोज खोप भण्डारण क्षमता रहेको छ । यो खोपको सेल्फ लाइफ पूर्णरूपमा कायम गर्न अल्ट्राकोल्ड चेन माइनस ४४ देखि माइनस ८० सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।

फाइजर खोपलाई माइनस १५ देखि २५ डिग्री सेल्सियसमा १४ दिन भण्डारण गर्न सकिन्छ। माइनस २ देखि ८ डिग्री सेल्सियसमा ३१ दिन मात्र राख्न सकिन्छ । यो खोप एकपटक अल्ट्राकोल्ड चेन ९माइनस ४४ देखि माइनस ८० सेल्सियस० बाट २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गरेपछि फेरि माइनस तापक्रममा कदापि राख्न हुँदैन। तसर्थ यो खोप प्राप्त भएपछि कार्यक्रम सञ्चालन हुँदा विशेष ध्यान दिनुपर्ने बताइन्छ।

फाइजरले उत्पादन गरेको खोप ९० प्रतिशत सुरक्षित मानिएको छ। दुई मात्रा दिनुपर्ने उक्त खोपले एस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडिए० बाट अनुमति पाएको छ। तीन साताको फरकमा दुई मात्रा दिनुपर्ने फाइजर खोपले १६ वर्ष र त्योभन्दा बढी उमेरका मानिसमा प्रयोग गर्न पूर्ण अनुमति पाइसकेको छ।

फाइजर खोप गम्भीर रोगका बिरामीलाई दिने तयारी

सुर्खेत उपत्यका खानेपानीका कर्मचारीले तलव नपाएको भन्दै

फाइजर खोप गम्भीर रोगका बिरामीलाई दिने तयारी

संवेदनशील क्षेत्रमा कमान्डो सेन्टर सुरक्षामा चार हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *