सुर्खेत उपत्यका खानेपानीका कर्मचारीले तलव नपाएको भन्दै आन्दोलित

सुर्खेत । सुर्खेत उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरु तलव नपाएको भन्दै आन्दोलित भएका छन् । अघिल्लो  वर्षमा सम्पन्न भएका कामहरुको भुक्तानी नदिँदा सप्लायर्सहरुले सामग्री नदिँदा काम गर्न असहज भएको दशैंको मुखमा पनि तलव पाउने अवस्था नदेखिएपछि आन्दोलित भएको कर्मचारीहरुले बताएका छन् ।

कर्मचारीहरुले शनिबारदेखि काम गर्न असहज हुनुका साथै दशैंको मुखमा पनि तलव पाउने अवस्था नदेखिएपछि आन्दोलित भएको कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले शनिबारदेखि काम ठप्प पारेका छन् । यसले कर्मचारी आन्दोलित हुँदा उपत्यकावासीलाई खानेपानीको समस्या हुनेछ । संस्थामा ५७ जना कर्मचारी कार्यरतहरु छन् ।

‘सहज रुपमा सेवा सञ्चालन र कर्मचारीहरुले तलव पाउने वातावरण नबन्दासम्म काममा नफर्कने निर्णयमा पुगेका छौं,’ प्रमुख जिल्ला अधिकारी छवी रिजाललाई ज्ञापनपत्र बुझाउँदै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था श्रमिक ट्रेड यूनियनका अध्यक्ष गणेशमान खनालले भने, ‘यसबाट उपभोक्ताहरुलाई पर्ने असुविधाप्रति क्षमा चाहन्छौं ।’ कर्मचारीहरुले पार्टीगत द्वन्द्वलाई र संस्थामा घुसाएको आरोप लगाएका छन् ।

उनीहरुले पार्टीगत द्वन्द्वलाई लिएर खानेपानीको आपूर्ति बन्द हुने अवस्था आउन नदिन र कर्मचारीहरुलाई विनाशर्त पारिश्रमिक पाउने वातावरण सृजना गरिदिन माग गरेका छन् । ‘संस्थाका कोषाध्यक्षले सञ्चालन खातामा रकम निकासा नगर्दा आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न भएका कामको भुक्तानी हुन सकेको छैन,’ खनालले भने, ‘व्यवसायीहरुले भुक्तानी नदिँदा सेवा सञ्चालनका लागि अत्यावश्यक ब्लिलिङ पाउडर, पाइप, फिटिङ, इन्धन मशलन्दलगायत अत्यावश्यक सामग्रीहरु नपाउँदा खानेपानी सञ्चालन गर्न नसकिने बताए ।

कर्मचारीहरुले कार्यालयमा अत्यावश्यक सामग्रीहरु नहुँदा खानेपानीका संरचना मर्मत(संभार गर्न नसकिएको र यसले आम उपभोक्ताहरु मारमा परेको बताएका छन् । ‘भुक्तानी नहुँदा बजारमा खानेपानी सञ्चालनका लागि आवश्यक सामग्रीहरु नपाउने तथा दशैमासमेत कर्मचारीहरुले तलव नपाउने अवस्था आउँदा हामीहरु सेवा ठप्प गर्न बाध्य भएका छौं,’ प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘व्यक्तिगत र राजनीतिक स्वार्थका लागि सिंगो संस्था र कर्मचारी मारमा पर्ने र उपभोक्ताहरु सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य गर्न माग गर्दछौं ।’

सुर्खेत उपत्यका खानेपानीका कर्मचारीले तलव नपाएको भन्दै आन्दोलित

फाइजर खोप गम्भीर रोगका बिरामीलाई दिने तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *