विपद् प्रतिकार्यक्रमा खटिन निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् प्रतिकार्यक्रम अटिने मातहतका निकायलाई निर्देशन गरेको छन् । बुधबार प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।

बर्खायाम सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेका कारण विपद् प्रतिकार्यमा खटिन निर्देशन दिएका हुन् । विपद जोखिम क्षेत्रमा वसोवास गरिरहेका नागरिकहरूलाइ सचेत गर्न र अस्थायी रूपमा सुरक्षित ठाउँमा वसोवास सार्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।

सबै जिल्लामा जोखिममा परेका नागरिहरुको लागि उपचारको प्रवन्ध मिलाउने र घटना स्थलमा स्वास्थ्यकर्मी तत्काल पुग्ने गरी व्यवस्था मिलाउनसमेत निर्देशन दिएका छन् ।

त्यस्तै अत्यावश्यक सामान खरिद गर्नको लागि विपद कोषमा तत्काल १० करोड रुपैयाँ निकाशा पठाउने र सडक अवरुद्ध हुने अबस्थालाई ख्याल गर्दै निश्चित क्षेत्रमा डोजर तयारी अबस्थामा तयारी अबस्थामा राख्ने गरी काम गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिए । कर्णालीमा बर्षेनी बाढी र पहिरोबाट अतुलनिय क्षति हुँदै आएको छ ।

 

विपद् प्रतिकार्यक्रमा खटिन निर्देशन

किसानलाई उत्प्रेरित गर्ने बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds