होटलमा बन्धक बनाएर राउटे युवतीमाथि यौन दुव्र्यवहार

सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायका युवतीमाथि  यौन दुव्र्यवहार भएको छ । सुर्खेतको  गुर्भाकोटमा स्थानीय केही युवाहरुले राउटे समुदायका दुई जना युवतीलाई होटलमा बन्धक बनाएर दुव्यर्वहार गरेको भिडियो सार्वजनिक भएको छ ।

युवतीहरुलाई मदिरा पिलाएर ती युवाहरुले अश्लिल हर्कत गरेका छन् । घटनाको प्रकृति र स्थानीयको भनाइलाई आधार मान्दा यो घटना शुक्रबार साँझ भएको देखिन्छ । यद्यपी यो घटना आइतवार मात्र सार्वजनिक भएको हो । ‘रातको समयमा होटलको बन्द कोठामा राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको देखिन्छ’ सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले भने, ‘तर घटनाको वास्तविकता नखुल्दासम्म केही भन्न सकिदैन ।’

प्रारम्भीक अनुसन्धानमा पनि दोषीहरुले यो घटना रातीमा नै भएको प्रहरीलाई बताएका छन् । राउटे युवतीहरुमाथि सामुहिक बलात्कार भएको आशंका गरिएको  छ । यद्यपी स्वास्थ्य परीक्षणपछिमात्र घटनाबारे थप बाहिर आउने प्रहरीले जनाएको छ । घटना छानबिनकै क्रममा रहेको भन्दै यौन दुव्र्यवहारका सम्बन्धमा प्रहरीले थप केही खुलाएको छैन । स्थानीय युवाहरुले टिकटक बनाउने भन्दै दुई जना राउटे युवतीलाई फकाएर होटलमा लगेको पाइएको छ ।

होटलमा लगेर उनीहरुलाई मदिरा पिलाएर दुव्र्यवहार गर्दै भिडियो बनाएको पाइएको हो । भिडियोमा राउटे युवतीहरु मदिरामा लठ्ठ देखिन्छन् । यस्तै युवाहरुले युवतीहरुलाई आफ्नो श्रीमती भन्दै उनीहरुको संवेदनशील अंग छुने प्रयास गरेका छन् । राउटे युवतीहरुको इच्छाविपरित भएको यो घटनाको भिडियो हाल सामाजिक संजालमा भाइरल बनेको छ । गुर्भाकोट नगरपालिका प्रमुख हस्तबहादुर पुनले पनि होटलको बन्द कोठाभित्र राउटे युवतीमाथि दुव्र्यवहार भएको बताएका छन् ।

‘२१ गते राती राउटे युवतीमाथि दुव्र्यवहार भएको जानकारी आएको थियो, सुरुमा त विश्वास लागेको थिएन’ नगर प्रमुख पुनले भने, ‘भिडियो नै भेटिएपछि सीडीओलाई खबर गरेको हुँ ।’ स्थानीयले राती घटना भएको भनेर पुनलाई २२ गते विहान मात्रै खबर गरेका थिए । यो घटनाले राउटे समुदायका युवतीहरु असुरक्षित रहेको देखाएको छ । पछिल्लो समय राउटे बस्तीमा युवतीहरुसँग टिकटक बनाउने र फोटो
खिच्नेको भीड नै लाग्छ । यसकारण पनि युवतीहरु हिंसा र दुव्र्यवहारमा पर्ने गरेका छन् ।

तीन जना युवा पक्राउ

घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गुर्भाकोटका तीन जना युवालाई पक्राउ गरिएको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका विनोद पुन, दोमनबहादुर घर्ती र  भूपेन्द्र बुढालाई प्रहरीले पक्राउ परेकाछन् ।

घटनाको दोषीहरुलाई कानूनी अनुसार नै कारबाही हुने प्रहरीले जनाएको छ । ‘घटना छानविनकै क्रममा छ, दोषीलाई कानून अनुसार नै कारबाही हुन्छ’ सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले भने, ‘ अनुसन्धानका लागि छुट्टै टोली खटिएको छ ।’ आरोपीहरु पक्राउ  परी सकेको भन्दै दोषी पाइए कानून अनुसार नै कारबाही हुने उनको भनाइ छ । पीडितसँग बयान लिन र स्वास्थ्य परीक्षण गर्न समस्या भएका कारण छानबिनमा समय लाग्ने उनको तर्क छ ।

के हो घटना ?

हाल राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका स्थित भेरी नदीको किनारमा बसिरहेका छन् । शुक्रबार राउटे समुदायका दुई युवतीमाथि यौनहिंसा भयो । तर उक्त घटना आइतबार मात्रै सार्वजनिक भयो ।
गुर्भाकोट नगपालिकाका–३ जना युवाहरुले राउटे  युवतीमाथि यौन दुव्र्यवहार गरेका हुन् ।

यौन दुव्र्यवहार गरेको दुई वटा भिडियोहरु सामाजिक सञ्चालमा भाइरल भएपछि घटनाको वास्तविकता खुलेको हो । पहिलो भिडियोमा राउटे युवती एक होटलको ओछ्यानमा पल्टिएका छन् । जहाँ एक युवाले एकजना राउटे युवतीलाई बहिनी र अर्कीलाई श्रीमती भनेर जिस्किएका छन् ।

ति युवकले श्रीमती भन्दै राउटे युवतीलाई जबर्जस्ती उनको संवेदनशील अंगमा छुने र भिडियो खिच्ने काम गरेका छन् । मदिराले लठ्ठ भएी राउटे युवतीले ‘डिस्ट्रब भयो के दाइ जानु’ भनेको भिडियोमा देखिन्छ । तर ति युवकले उल्टै ओछ्यानमा घुसेर राउटे युवतीमाथि अश्लील गतिविधि गर्छन् ।

यस्तै दोस्रो भिडियोमा भने दुई जना युवा अर्धनग्न अवस्थामा छन् । युवतीहरु मदिरामा लठ्ठ परेको देखिन्छन् । दुई जना युवाले फरक–फरक युवतीमाथि अश्लिल हर्कत र यौन हिंसा गरेका देखिन्छ । यही भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । घटनापछि पीडित युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने खतरा रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

दोषीलाई कारबाही गर्न दबाव 

राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारलाई गम्भीर रुपमा लिन विभिन्न संघ संस्थाले माग गरेका छन् । विभिन्न प्रलोभनमा राउटे युवतीमाथि यौनजन्य अपराध गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । आइतबार राष्ट्रिय मानवअधिकार आयोग, गुराँस गाउँपालिका र जनजाति महासंघले घटनालाई गम्भीर रुपमा लिन र दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

मानव अधिकार आयोगले पीडित युवतीहरुको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न र उनीहरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ । प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरमा ल्याउन आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस
सम्बन्धमा थप अनुगमन र अनुसन्धान गर्न आग्रहसमेत गरेको छ ।

आयोगले यौन दुव्र्यवहारमा परेका राउटे समुदायका दुई युवतीको भौतिक सुरक्षा गर्न माग गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै पीडित दुई युवतीलाई राउटे समुदायले अस्वीकार गर्न सक्ने भन्दै भौतिक सुरक्षा गर्न माग गरेको हो । पीडितलाई समुदायले नै अस्वीकार गर्ने सम्भावना देखिएको र ज्यान नैजोखिममा पर्ने आयोगले औंल्याएको छ ।

होटलमा बन्धक बनाएर राउटे युवतीमाथि यौन दुव्र्यवहार

सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ सम्म

होटलमा बन्धक बनाएर राउटे युवतीमाथि यौन दुव्र्यवहार

रुकुमपश्चिममा धान रोपाई सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds