कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई एक करोडको पुरस्कार

काठमाडौं : कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न एक व्यवसायिक प्रतिष्ठान अगाडि बढेकाे छ  । काठमाडौंमा रहेको कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजले एक कराेड रुपैयाँ स्वास्थ्यकर्मीहरुलाई सम्मान पुरस्कृत गर्न दिने भएको हो ।

इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका एक सयजना स्वास्थ्यकर्मीहरुलाई एक लाख रुपैयाँका दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताए ।

कोरोना संक्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफूहरुले सहयोग चाहेकाे अध्यक्ष घिमिरे की छाेरी अदिती घिमिरेले जानकारी दिइन् । स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेशनले गर्नेछ ।

कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई एक करोडको पुरस्कार

९७ हजार काेराेना संक्रमित होम आइसोलेसनमा

कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई एक करोडको पुरस्कार

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!