‘कोहली अण्डा खाने शाकाहारी हुन्’, कप्तानको बयानमा ट्वीटरमा बबाल

एजेन्सी । टीम इन्डियाका कप्तान विराट कोहली आफ्नो एक बयानका लागि ट्वीटरमा प्रयोगकर्ताको निशानामा आएका छन् । कोहलीले हालै आफ्नो डाइटबारे बताएको थियो । उनले इन्स्टाग्राममा प्रश्नोत्तर सेशन राखेका थिए जसमा एक प्रशंसकले उनको डाइटबारे सोधेका थिए ।
कोहलीले यसको जवाफमा भने, ‘अत्यधिक सागसब्जी, केही अण्डा, २ कप कफी, दाल, क्विनोआ, धेरै नै पालुङ्गो, डोसा । तर सबै सिमित मात्रामा ।’ कोहलीको यो जवाफमा प्रशंसकले ट्वीटमा निशाना साँधेका छन् ।
कतिले विराट कोहली त अण्डा खाने शाकाहारी भएको बताएका छन् । कतिले यदि भारतीय कप्तान अण्डा खान्छन् भने आफूलाई किन शाकाहारी भन्छन् भनेर पनि प्रश्न गरे ।
एक प्रयोगकर्ताले लेखे, ‘कोहलीले दाबी गरेका छन् कि उनी वेगन हुन् तर आफ्नो नविनतम आस्क मी एनिथिङमा उनले आफ्नो खानामा अण्डा समावेश गर्ने बताए । यसले मलाई तनावमा पारिरहेको छ । एकले कोहलीलाई ट्रोल गर्दै लेखे, ‘वेगन कोहलीले यो कुराको पुष्टि गरेका छन् कि अण्डा नन भेज हो । तपाईंले थप शक्ति पाउनुहोस् ।’






