अढाइ करोड ठग्ने महिलासँग ‘कुनै सम्पत्ति नभएको’ ठहर गर्दै अदालतले १६२ रुपैयाँ मात्रै तिरायो

काठमाडौं । एक अपांग महिला र उनकी छोरीलाई अढाइ करोड ठगी गरेकी एक महिलालाई अदालतले १ सय ६२ रुपैयाँ मात्रै फिर्ता गर्न आदेश दिएको छ ।

पूर्व सेलिब्रेटी स्टाइलिस्ट समेत रहेकी यी महिलाले एक सम्पत्तिसम्बन्धी ‘स्क्याम’मा ती महिला र उनकी छोरीको करिब १ लाख ५० हजार पाउण्ड ठगी गरेकी थिइन् । अदालतले उनलाई १ पाउण्ड मात्रै फिर्ता गर्न आदेश दिएको हो ।

ड्यानिएल्ला वेस्टब्रुक र केरी काटोनाजस्ता सेलिब्रेटीसँग काम गरिसकेकी इन्टेरियर डिजाइनर रोजी ग्रेवाललाई ३ वर्षसम्म विभिन्न धोखाधडी गरेको अभियोगमा २०१९ को जुनमा जेल हालिएको थियो । तर, सुनुवाइका क्रममा ग्रेवालकी एक वृद्ध पीडितले आफूले ठगिएको रकमको क्षतिपूर्ति नपाउने थाहा पाएपछि इजलासमै रोएकी थिइन् ।

प्याट्रिसिया माकुसेविज नामकी यी वृद्ध महिलले आफ्ना दिवंगत पतिको जीवन बिमाबाट बनाइएको १ लाख ३० हजार पाउण्डको घर ग्रेवाललाई दिएकी थिइन् । तर, उनले यसवापत कुनै पैसा पाइनन् जबकि ग्रेवाललो उनलाई यो लगानी भएको भनेकी थिइन् ।

गत हप्ता मेडस्टोन क्राउन कोर्टमा सुनुवाइको क्रममा ग्रेवालसँग कुनै पनि जफत गर्न मिल्ने सम्पत्ति नभएको ठहर गरिएपछि यी वृद्ध महिलासँग अब आफ्नो घरको ऋण तिर्नको लागि काम खोज्नुको विकल्प छैन । ग्रेवालले आफूलाई सुनाइएको ४३ महिनाको जेल सजाय पूरा गरिसकेकी छिन् र अब उनले ठगी गरेको सम्पत्ति क्षतिपूर्ति दिनको लागि उनीसँग कुनै सम्पत्ति छैन । अदालतले भविष्यमा ग्रेवालको आर्थिक स्थिति सुधार भए उनको सम्पत्ति जफत गर्न सकिने बताएको छ ।

यसअघि ग्रेवालसँग लुकेको सम्पत्ति भएको र त्यसबाट उनले ठगी गरेको रकम उठाउन सकिने विश्वास गरिएको थियो । तर, प्रोसिक्युटर क्रिस्टोफर प्रायोरले बुधबार अदालतमा यो आशा अब समाप्त भइसकेको र आर्थिक रुपमा लिन सकिने केही पनि नभएको बताएको द सनले जनाएको छ । यही कारण न्यायाधीश जुलियन स्मिथले ग्रेवाललाई १ पाउण्ड तिर्न वा १ दिन जेलमा बिताउने आदेश दिएका थिए ।

पीडित वृद्धा माकुसेविचको हकमा अदालतले उनले गुमाएको पैसा फिर्ता पाउने बाटो बन्द नभएको र भविष्यमा ग्रेवालको आर्थिक स्थिति बदलिए पैसा जफत गर्न सकिने बताएको छ । सुनुवाइमा यी वृद्धाकी छोरी कासिया पनि उपस्थित थिइन् । २०१५ मा ठगीको अभियोगमा पक्राउ परेकी ग्रेवाल यस बीचमा विलासी विदामा गएको पनि देखिएको थियो ।

अढाइ करोड ठग्ने महिलासँग ‘कुनै सम्पत्ति नभएको’ ठहर गर्दै अदालतले १६२ रुपैयाँ मात्रै तिरायो

काकाकुल शहरमा मेलम्चिको पानी, नयाँ युगमा काठमाडौं

अढाइ करोड ठग्ने महिलासँग ‘कुनै सम्पत्ति नभएको’ ठहर गर्दै अदालतले १६२ रुपैयाँ मात्रै तिरायो

कर्णाली सरकारको संकट : तत्काल विश्वासको मत

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!