काकाकुल शहरमा मेलम्चिको पानी, नयाँ युगमा काठमाडौं

काठमाडौं । देशको राजधानी र जनघनत्व बढी भएका कारण काकाकुलको शहर नाम पाएको काठमाडौं उत्पत्यकामा मेलम्चिको पानीले प्यास मेट्ने प्रयास गरेको छ ।

शुक्रबार राजधानीको भृकुटिमण्डपस्थित ढुङ्गेधारामा पानी आयो । राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीबासीका घरघरमा मेलम्चिको पानी आएको सन्देश दिइन् ।

दैनिक साढे ८ करोड लिटर पानी काठमाडौंमा झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अपेक्षा १७ करोड लिटर पु¥याउने छ। आज पनि उनले देशभरका सडकसञ्जालहरुको उद्घाटन गर्ने क्रममा काठमाडौंमा पानी अझै थपिने उद्घोष गरे ।

मुलुकमा व्यवस्था नै परिवर्तन भयो। सत्ता र सरकार परिवर्तनको हिसाब गर्न अहिले नभ्याइएला । समय वित्तै गयो विभिन्न वाधा अवरोध आयो तर मेलम्ची खानेपानी आयोजना निरन्तर अघि बढिरह्यो । फलस्वरुप लामो समयको प्रतिक्षापछि अन्ततः आयोजना सफल भयो, काठमाडौंले तृप्ति पायो ।

तीन दशक अघि नेपाली कांग्रेसका सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले परिकल्पना गरेको मेलम्चीको पानी काठमाडौंबासीका धारामा आएको छ । एउटा दूरदर्शी नेताको सपनाले सार्थकता पाएको छन भने काठमाडौंले पानी पाएको छ । यो ऐतिहासिक उपलब्धीको साँक्षी हाम्रै पुस्ता भयो ।

मेलेम्चिको अवधारणा धेरै अगाडी बने पनि २०६७ सालबाट काम सुरु गरिएको मेलेम्चिको पानी ल्याउने योजनाले यही वर्षमा सफलता पाएको छ। २०७७ सालको फागुन १० गते सफलतापूर्वक परीक्षण गरिएको आयोजनाको पानी काठमाडौंमा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओली सुन्दरी जलसम्म पुगेर स्वागत गरेका थिए ।

चैत १३ गते पानी प्रशोधन प्लान्टमा प्रवाह गरि विडिएस वितरण प्रणालीलाई सफाई गरेपछि चैत १५ गतेदेखि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उपभोग र पिउन मिल्ने गरि काठमाडौंको केही भागमा पानी आएको छ । पानी आए सँगै उपत्यका बासीको लामो समयको प्रतिक्षा अन्त्य भएको छ । जलस्रोतको धनी देश भए पनि पानी जस्तो जीवनको अनिवार्य आवश्यक्ता काठमाडौं बासीको लागी सहज उपलब्ध थिएन ।

काकाकुल शहरमा मेलम्चिको पानी, नयाँ युगमा काठमाडौं

ट्युशन सेन्टरले जुराएको सम्वन्ध

काकाकुल शहरमा मेलम्चिको पानी, नयाँ युगमा काठमाडौं

अढाइ करोड ठग्ने महिलासँग ‘कुनै सम्पत्ति नभएको’

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!