फोटोकपी गर्न ४० रुपैयाँ

हुम्ला, १९ पुस ।

बैंक खाता सञ्चालनका लागि निशुल्क रुपमा उपलब्ध हुनु पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न ४० रुपैयाँ तिर्नु परिरहेको छ। हुम्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न ४० रुपैयाँ तिर्नुपरेको गुनासो आएको हो।

बैंकमा खाता सञ्चालनका लागि निशुल्क रुपमा उपलब्ध हुनु पर्ने नमूना दस्तखत कार्डको फोटोकपीबाट काम चलाउनका लागि बैंक नजिकको फोटोकपी सेन्टरमा एक प्रतिको ४० तिर्नु परेको सर्केगार्ड गाउँपालिका वडा नम्बर ३ उनापानी गाउँका धिरेन्द्र फडेराले गुनासो गरे ।

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गाउँपालिकाले लागु गरेपछि उक्त खाता खोल्ने सेवाग्राहीको बैंकमा घुइँचो लाग्ने गरेको छ । उनले किन यति महँगोमा दस्तखत कार्ड फोटोकपी गर्नु परेको भन्दै बैंकसँग सोधपुछ गर्दा उक्त कार्डको अभाव भएको जवाफ बैंकका कर्मचारीले दिने गरेको बताए।

कार्ड सकिएकै भए बैंकले नै फोटोकपीको व्यवस्था गर्नु पर्नेमा त्यो नभएर सेवाग्राहीलाई आर्थिक मर्कामा पारिएको सोही गाउँकी अर्की स्थानीय छिरिङ्ग फडेराले बताइन्। उनले दस्तखत कार्ड मात्र नभएर केवाईसी फर्मको पनि ४० रुपैयाँमा फोटोकपी गर्नु परिरहेको बताइन्।

अन्य बैंक र फोटोकपी सेन्टर नभएको कारण कार्ड तथा केवाईसी फर्मको मूल्य आफुखुशी असुल्ने काम भइरहेको स्थानीय बासिन्दाको गुनासो छ। यसबारे बैंकका प्रबन्धक अर्जुन रावलले बैंकले त्यस्तो नगरेको तर बजारमा के भएको हो थाहा नभएको बताए । संभव भएसम्म बैंकले स्क्यान गरेर सेवाग्राहीहरुलाई उक्त कार्ड दिने गरेको उनले बताए ।

देशसञ्चारबाट साभार ।

फोटोकपी गर्न ४० रुपैयाँ

बालबालिकासग प्रधानमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *