रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १३ घाइते

काठमाडौं ,२३ कार्तिक ।
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
आठबीसकोट नगरपालिका–५, नयाँडाँडामा भे.१ च ३११२ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ बस्ने १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापा छन् ।
ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

 

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १३ घाइते

पटका प्रतिबन्ध कागजमा, पड्काउने स्वतन्त्रता व्यवहारमा !

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १३ घाइते

विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!