तिर्खुका नौ परिवारले पाएनन् शव, कुशमै गरे अन्तिम संस्कार

गाेल्डेन बुढा

जुम्ला,६ असोज ।
भोटेकोसी बाढीमा आफन्त बेपत्ता भएको लामो समय बित्यो। न सासको खबर आयो, न शव भेटियो। अन्ततः जुम्लाको पातारासी गाउँपालिका–४ तिर्खुका नौ परिवारले आफन्तको शव पर्खने आशा मनमै थाती राखेर मंगलबार कुशको आकृति बनाए। त्यही कुशलाई आफन्तको प्रतीक मानेर सामूहिक दाहसंस्कार गरे।आफन्तको अनुहार अन्तिमपटक हेर्न नपाई कुशको शवमा दागबत्ती दिनुपर्दा परिवारजनका लागि त्यो क्षण शब्दमा व्यक्त गर्न नसकिने पीडाको बनेको छ। बाढीले आफन्त खोस्यो, तर अन्तिम संस्कारका लागि आवश्यक शवसमेत दिएन।

युवा डिल्ली बोहोराका अनुसार बाढी आएको लामो समय बितिसक्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारले अन्ततः हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।मंगलबार सम्राट बोहोरा, दीपक बोहोरा, तिल ऐडी, चन्द्र बोहोरा, दीपराज़ ऐडी, राम बुढा, एकबहादुर बोहोरा, विवेक बोहोरा र बिनोद बोहोराको कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।बेपत्ता आफन्त फर्केर आउने आशा र अन्तिम संस्कार गर्नुपर्ने बाध्यताबीच परिवारहरू लामो समयदेखि पीडामा थिए। खोजीबाट कुनै खबर नआएपछि उनीहरू अन्ततः कुशको शवलाई नै आफ्ना मान्छेको अन्तिम चिनो मानेर दागबत्ती दिन बाध्य भए।भोटेकोसी बाढीले पातारासीमा ठूलो मानवीय क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकअनुसार पातारासी गाउँपालिकाबाट मात्रै ४९ जना अझै बेपत्ता छन्। बाढी गएको लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था यकिन हुन नसक्दा परिवारको पीडा झन् गहिरिँदै गएको छ।पातारासी–५ माथिल्लो लोर्पाका १०, तल्लो लोर्पाका ४, पातारासी–४ लाम्रीका १५, जम्ना गाउँका २, तल्फी गाउँका १ र बाता गाउँका ८ जना सम्पर्कविहीन छन्। चन्दननाथ नगरपालिकाका ४, सिंजा गाउँपालिकाका १ र गुठीचौर गाउँपालिकाका ९ जना पनि अझै बेपत्ता छन्।बेपत्ताको खोजी जारी रहेको भनिए पनि लामो समयसम्म कुनै खबर नआउँदा परिवारजन निराश छन्।

तिर्खुका नौ परिवारले पाएनन् शव, कुशमै गरे अन्तिम संस्कार

घुँयत्राे:‘म झोले’ लेखेर फोटो खिच्नेहरूलाई बाको झपाराइः

तिर्खुका नौ परिवारले पाएनन् शव, कुशमै गरे अन्तिम संस्कार

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय

Leave a comment

Your email address will not be published. Required fields are marked *