हेलिकप्टरबाट गर्भवतीको उद्दार

कालिकोट : नेपाली सेनाको हेलिकप्टरबाट कालिकोटकी एकजना गर्भवतीको उद्दार गरिएको छ ।

सुत्केरी व्य‍था जटिल बन्दै गएपछि जिल्लाको नरहरीनाथ गाउँपालिका ७ निवासी भरत बटालाकी पत्नी २१ वर्षीया शान्ति बुढा बटालाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

दुई दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी शान्तिलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको स्थानीय दिपेन्द्र बुढाले जानकारी दिए। उनका अनुसार शान्तिलाई बुधबार राती ११ बजेबाट सुत्केरी व्यथाले च्यापेपछि गाउँ नजिकै रहेको स्वाथ्य चौकी माल्कोटमा भर्ना गरिएको थियो ।

सुत्केरी व्यथा जटिल बन्दै गएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य चौकी माल्कोटमा कार्यरत अनमी मिट्ठु सहकारीले जानकारी दिइन् । गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र हुँदा पनि त्यहाँ विशषेज्ञ डाक्टर, औषधि र उपकरण नहुँदा उनलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गर्नुपरेको उनले बताइन् ।

सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत सुत्केरी महिलाका लागि हेलिकप्टर मार्फत उद्दार गर्ने कार्यक्रम अनुसार नरहरीनाथकी शान्ति बुढा बटालाको उद्दार गरिएको हो । जुन सेवाका बारेमा स्थानीय नागरिकले जानकारी नपाउँदा गत पौष २ गते नरहरीनाथ गाउँपालिका ९ की पार्वती दर्जीको सुत्केरी हुन नसक्दा घरमै ज्यान गएको थियो ।

हेलिकप्टरबाट गर्भवतीको उद्दार

सुखमय यौन जीवनका लागि

हेलिकप्टरबाट गर्भवतीको उद्दार

विकास परिषद् बैठक पञ्चवर्षीय योजना वस्तुनिष्ठ बनाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *