घुयँत्राे:“अध्यादेश कि सल्लाह? राष्ट्रपति ‘वकिल खोज्दै’ देश कुर्दै!”

हैन राष्ट्रपतिज्युले अध्यादेश स्वीकृत गर्ने कुराँ वकिल साहबहरलाई साेध्छु र ह्वाँहरु के सल्लाह दिनु हुन्छ त्यै गर्छु भन्दै हुनु हुन्थ्याे त खै त सल्लाह लिनु भएनकि वकिल साहबहरले अध्यादेश स्वीकृत नगर भन्नू भाे केई था भएन त ! हामी जनता भनाउँदा कैले राष्ट्रपतिले yes अथवा no भन्नू हाेला भन्दै कुर्दै गरेर बस्या । आखिर अध्यादेश जारी हुँदा वा नहुँदा हामी सामान्य जनतालाई त्यल्ले त हुने क्यैनाई तर भख्खर भख्खर जन्म्या पाटि अनप त्यल्ले चुनाबाँ ल्या दुई तिहाई अनि स्थिर सरकार यस्ताे स्थिर सरकार हुँदा त काँग्रेस कमिनिष्ट एक भएर त्यसाँनि राष्ट्रपतिलाई नि थर्काएर अध्यादेश जारी नगर भनेर दवाब दिन्छन भने यी भ्रस्ट दलहरुले सामान्य बहुमत मात्रै ल्याकाे दलकाे सरकार भए त्यसकाे के हविगत गराउँदा हुन । बिचरा काँग्रेस पाटिबाट १७ /१७ पटक चुनाब हारेर लखतरान भाका बृध्दलाई राष्ट्रपति बनाएर खाईपिई गर्न राख्या काँग्रेसले यसपटक आफू चुनाबाँ नराम्रोशीत बढारिएर राजनीतिक अस्थित्वजति चर्लुम्म डुबाएनि सरकारलाई काम गर्न नदिन राष्ट्रपतिलाई जसरि प्रयाेग गर्न पा छ र राष्ट्रपति पाैडेलनि प्रयाेग हुन लाका कुरा जसरि बाईर आछन यल्ले राष्ट्रपति त बनाउनु तर कुनै पनि दलमा लाग्या मान्छेलाई दलबाट राजिनामा गराएर याे स्वतन्त्र पुत्ला हाे यस्ले दल छाेडि सक्याे अब यसबाट निश्पक्ष रुपमा काम हुन्छ र यसले अभिभावककाे जिम्मेवारी पूरा गर्छ भनेर मान्नु आँफैमा धाेका रैछ । चाहे राष्ट्रपति विद्या भण्डारी हुन वा रामचन्द्र पाैडेल यीनरले आफू कन दलका हुम भन्ने कुरा काम गर्दा देखाई सक्याछन । याे पटकनि त्यै तथाकथित काँग्रेसकै कार्यकर्ताकाे छायाँ बनेर राष्ट्रपतिले सरकारले पेश गर्या ६ वटा अध्यादेश पास नगरेर कैले वकिलकाे सल्ला त कैले अध्ययनकाे बहानाँ अध्यादेश अडकाउने दाउमा छन भन्ने सुनिँदैछ ।राष्ट्रपतिकाे काम सरकारले लाए अह्रायकाे काम गर्ने हाे तर काम गर्दै जाँदा कैले काहीँ कतै भुलचुक भए यहाँ भूल भएछ यसास्ताे हुन्न भनेर सच्याएर लगाउने हाे तर विक्षि दलहरुकाे ग्राउन्डमा उभिएर कुनै सर्त देर्स्याउने वा विपक्षमा अड्डिकसेर बस्ने हैन यदि त्यसाे भयाे भने राष्ट्रपतिजस्ताे सम्मानित पदमाथि जनताले अविश्वास गर्न थाले भने त्यसलाई जति धाेईपखालि गरेनि त्याे दागिनै रहन्छ र त्यस्ताे दागि भएर राष्ट्रपतिमा बस्नु भनेकाे आँफैमा नैतिकहिन हाे । यस्तो अबस्थामा न सरकारले विश्वास गर्छ न जनताले ! विपक्षिकाे विश्वासमा बस्ने पद राष्ट्रपतिकाे हैन । त्यसैले राष्ट्रपतिज्यु भर्खर बनेकाे सरकारले जनतासामू यति दिनमा यति काम गरेर देखाउँछु भनेर चुनाबमा बाचा गरेर आएकाेछ त्यै बाचा पूरा गर्ने काम गर्नका लागि सरकारले पहिलाे चरणमा ताेकियकै समयमा कनम गरेर देखाउन ६ वटा अध्यादेश लिएर आएर काम अघि बढाउन खाेजि रहेकाेछ तर दुईतिहाईकाे सरकारले लगेकाे अध्यादेश जसमा न ब्यक्तिगत वा दलिय स्वार्थछन न देश र जनताकाे हित विपरितका कानुनि प्राब्धान छन त्यस्ताे अध्यादेशलाई नि अनेक बहाना बनाएर विपक्षिदलहरुकाे स्वार्थमा राष्ट्र पतिले कदम चाल्दछन भने उनी दलका लागि राष्ट्रपति भएका हुन कि देश र जनताका लागि प्रश्न सबैतिरबाट उठन सक्छ र अन्तत त्यसकाे जवाफदेहिता न दलले लिन्छन न जनताले ! त्यसैले सरकारले कानुन सम्मत छाेटाेबाटाेबाट कनम गर्नकाे लागि जसरि अध्यादेश ल्याउँछ र त्यसकाे पछाडि कहिँकतै निहित स्वार्थ छैन भने राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्नै पर्छ र सरकारलाई काम गर्न बाटाे खुला गरिदिनु पर्छ । राष्ट्रपतले अध्यादेश स्वीकृत नगरेकै कारण देश पश्चगमन र अशान्त भयाे भने त्यसकाे जिम्मेवारी राष्टपतिले लिनै पर्छ। त्यसैले राष्टपतिज्यु जनताले २ तिहाइ मत दिएर बनेकाे सरकारले देश र जनताकाे अहित गर्छ भन्ने मान्यता राखेर तपाईं आफ्नाे कर्तब्यबाट पछि हटेर अध्यादेश स्वीकृत गर्नु भएन भने जनताले तपाईं माथि अविश्वास गरेर तपाईंका विरुद्ध सडकमा आए भने तपाईं के गर्नुहुन्छ ? त्यै साेचेर काम गर्नुस ह्याँभन्दा बढि के भनम् । जयहाेस ।
” बिरसिक्का”

घुयँत्राे:“अध्यादेश कि सल्लाह? राष्ट्रपति ‘वकिल खोज्दै’ देश कुर्दै!”

जुम्लाका दुर्गम गाउँ -बस्तीमा मानव अधिकार अझै

Leave a comment

Your email address will not be published. Required fields are marked *