डाक्टर नपाउने जुम्लामा चिकित्सा शिक्षा अध्ययनको रोजाइ बन्दै

काली बहादुर परियार
जुम्ला,२७ फाल्गुन ।

दुर्गम भौगोलिक अवस्थाका कारण वर्षौँसम्म विकासका अवसर बाट टाढा रहेको जुम्ला पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको नयाँ केन्द्रका रूपमा उभिन थालेको छ । यहाँ रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले स्वास्थ्य सेवा प्रवाह सँगै चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।

पश्चिम नेपालकै स्वास्थ्य सेवाको मुख्य भरोसा मानिएको प्रतिष्ठान पछिल्ला वर्षहरूमा शिक्षा र अनुसन्धानका क्षेत्रमा पनि उल्लेखनीय रूपमा अघि बढिरहेको छ। देशका सुविधा सम्पन्न सहरहरूमा अध्ययनका अवसर हुँदा हुँदै पनि विद्यार्थीहरूले जुम्लालाई रोज्न थाले पछि यहाँको शैक्षिक वातावरण थप सशक्त बन्दै गएको छ।

अहिले जुम्लामा नेपालका विभिन्न जिल्ला बाट मात्र होइन, छिमेकी राष्ट्र भारत बाट समेत विद्यार्थीहरू चिकित्सा शिक्षा अध्ययनका लागि आउने क्रम बढ्दो छ । प्रतिष्ठानको नयाँ शैक्षिक सत्र २०८२ का लागि भारतका पाँच जना सहित कुल १३० जना विद्यार्थी विभिन्न स्वास्थ्य सम्बन्धी विषय अध्ययन गर्न जुम्ला आइपुगेका छन् ।

नयाँ विद्यार्थी तथा उनीहरूका अभिभावकलाई मंगलबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम मार्फत प्रतिष्ठानले औपचारिक रूपमा स्वागत गरेको छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूले अध्ययनको वातावरण, स्वास्थ्य सेवा अभ्यास र अनुसन्धानका अवसरबारे जानकारी दिएका थिए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीका अनुसार यस वर्ष विभिन्न संकायमा गरी १३० जना विद्यार्थी भर्ना भएका छन् । जसमा एमबीबीएस तर्फ ५० जना, नर्सिङतर्फ २० जना, बीएनएस तर्फ २० जना, बीपीएच तर्फ २० जना र बीएससी नर्सिङ तर्फ २० जना विद्यार्थी रहेका छन् ।

धामीका अनुसार गत वर्ष विभिन्न फ्याकल्टीमा १०४ जना विद्यार्थी भर्ना भएका थिए। यस वर्ष भने २६ जना विद्यार्थी थपिएर कुल संख्या १३० पुगेको हो । यसले जुम्लामा चिकित्सा शिक्षा अध्ययन प्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ।

उनका अनुसार प्रतिष्ठानमा एमबीबीएस, बीएनएस, बी फार्मेसी, बीएससी नर्सिङ, बीपीएच लगायतका विषय अध्ययन गराइँदै आएको छ। आधुनिक स्वास्थ्य शिक्षासँगै ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा गर्ने भावनाका साथ विद्यार्थीहरूलाई तालिम दिइने भएकाले पनि यहाँ अध्ययनप्रति आकर्षण बढ्दै गएको हो ।

विद्यार्थीहरूका लागि जुम्लामा अध्ययन गर्नु केवल शैक्षिक अवसर मात्र नभई दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको वास्तविक अवस्था बुझ्ने महत्वपूर्ण अवसर समेत भएको उपकुलपति डा : पुजन कुमार राेकायाकाे भनाइ छ ।

उनले भने, यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले ग्रामीण समुदाय सँग प्रत्यक्ष काम गर्दै व्यावहारिक अनुभव प्राप्त गर्ने अवसर पाउँछन् । प्रतिष्ठानले विगत केही वर्षयता शैक्षिक पूर्वाधार, प्रयोगशाला, अस्पताल सेवा र अध्यापन प्रणालीमा निरन्तर सुधार गर्दै आएको उनकाे भनाइ छ ।

यही सुधार र गुणस्तरीय शिक्षाका कारण अहिले जुम्ला चिकित्सा शिक्षा अध्ययनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
दुर्गम जिल्ला जुम्ला अहिले स्वास्थ्य सेवा मात्र होइन, चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्न थालेको छ। देशभित्र र बाहिरका विद्यार्थीहरू जुम्ला पुगेर डाक्टरी अध्ययन गर्न थाले पछि कर्णालीको शिक्षा क्षेत्रमा नयाँ आशा पलाएको स्थानीयहरू बताउँछन् ।

डाक्टर नपाउने जुम्लामा चिकित्सा शिक्षा अध्ययनको रोजाइ बन्दै

जुम्लामा मलाई हराउन ठूलो खेल भयो :

डाक्टर नपाउने जुम्लामा चिकित्सा शिक्षा अध्ययनको रोजाइ बन्दै

डाक्टर नपाउने जुम्लामा चिकित्सा शिक्षा अध्ययनको रोजाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds