घुयँत्राे: झण्डा अगाडि, अपराध पछाडि: सरकारको आँखामा पट्टि!

राष्ट्रिय झण्डाकाे दुरुपयाेग भयाे भन्ने कुरा ढिलै भएनि जेनजी सरकारलाई भएछ क्यारे त्यै भएर जनताका नाममा ठूलै चिर्पेटाे जारी भएकाे देखियाे र पढियाे पनि । खास गरि नेपालाँ राष्ट्रिय झण्डाकाे दुरुपयाेग जसबेलादेखि जग्गा किन बेचमा दलालहरु जन्मिय त्यै बेला देखिनै जग्गा दलालहरुले माेटर साईकलमा दुईदुई वटा झण्डा हालेर सडकमा हिँडन थाले र एक अर्काे जग्गादलालकाे पहिचान बनाएर हिँडन थाले त्यसबेला देखिनै राष्ट्रिय झण्डाकाे दुरुपयाेग भयाे । बेथिति र विसंगति थुप्रियकाे मुलुकमा त्यसलाई राेक्न सराेकारवाला पुलिसले कैल्यै चासाे दिएन । पुलिसकाे छाडा प्रबृतिका कारण राष्ट्रिय झण्डालाई जग्गा दलाल हुन कि ज्यानमारा हुन या ट्याबे हुन या आन्दोलनमा उत्रिने आन्दोलनकारी हुन सबैले हातहातमा राष्ट्रिय झण्डा लिँदै आफ्नो स्वार्थ पूरा गर्न थाले । यतिसम्मकि जेनजी आन्दोलनमा राष्ट्रिय झण्डा ओढेरै सिंह दरबार आगाेलाए , सर्बोच्च अदालत डढाले, झण्डै ओढेर सिंह दरबारकाे पश्चिम गेटकाे माथि राखेकाे गजुर समेत उक्काएर फाले र राष्ट्रिय झण्डामै अनेकथरि ताण्डब देखाएका जेनजीहरुले नेताहरुका घर जलउँदा समेत राष्ट्रिय झण्डा नै बाेकेर ताेडफाेड र आगजनि गरे तर जनताकाे जिउधनकाे सुरक्षा गर्ने सुरक्षाकर्मीले नत आगाे लगाउँदा राेक्न गए न राष्ट्रिय झण्डा बाेकेर त्याे हर्कत गर्दा झण्डाकाे नै सुरक्षा गर्न लागि परे । त्यसले गर्दानि ऐले देशमा राष्ट्रिय झण्डाकाे चरम दुरुपयोग भै रहेकाेछ । कुनै दलका आन्दोलन हुन वा सरकारकाे विराेध या हाेस बन्दकाे आब्हान या फाेहर फाल्न जान लागेकाे ट्रकहाेस सबैमा राष्ट्रिय झण्डाकाे दुरुपयाेग गरेकाे देखिन्छ । अरु त अरु नगरपालिकाका वडाभित्र फाेहर फाल्न प्रयाेग गरिएका ट्याक्टरभरि फाेहर हालेकाे हुन्छ र त्याे फाेहर बाेक्ने ट्याक्टरमा अगाडि पट्टि २ वटा राष्ट्रिय झण्डा लगाईएकाे हुन्छ । वीरेन्द्रनगरकाे ८ नं वडाकाे फाेहर बाेक्ने ट्याक्टर फाेहर हालेर बडा सानले हिँडेकाे हुन्छ । त्याे फाेहर बाेक्ने ट्याक्टरमा झण्डा हाल्न नगरपालिकाले सिकायाे कि वडाध्यक्षले सिकाय वा ड्राइभर आँफैले आँफुखुसी हाल्या हाे त्याे त खाेजिनीति पछिनै था हाेला तर ट्याक्टरले त्यसरि झण्डा हालेर हिँडन मिल्ने वा नमिल्ने त्यसकाे खाेजिनीति कसैले गरे गरेनन वा जनप्रतिनिधि त दिमाग नभएका भुषका बाेरा मात्रै हुन भने त्यसरि झण्डाकाे दुरुपयोग गर्न नदिने जिम्मेवारी बाेकेकाे मान्छेले कहिल्यै देखे हाेला वा देखेन हाेला देखेर पनि किन त्याे विषयमा आँखा चिम्ल्या हाेला के साँच्चिकै सरकारी सुरक्षा निकायनि छाडानै भएकाे हाेला कि उनरलाई नि राष्ट्रिय झण्डा कहाँ ,कसबेला कसरी प्रयाेग गर्ने भन्ने थाहै छैन हाेला । ऐले खासगरि राष्ट्रिय झण्डाकाे दुरुपयोग विशेष गरि नयाँ राजनीतिक दलहरुले गरि रहेका छन । राष्ट्रिय झण्डा ओढेपछि जे गरेनि कसैले केही गर्न सक्दैन भनेर अपराधि छुटाउने जुलुसमा नि राष्ट्रिय झण्डा , अनसन बस्दानि राष्ट्रिय झण्डा , हस्ताक्षर संकलनमानि राष्ट्रिय झण्डा अनि अपराधिलाई जेलबाट फरार गराएर नि राष्ट्रिय झण्डा प्रयाेग गरेकाे देखि देखि नि नेपालका सरकारहरु जसरि चुप लागेर बसे र उनीहरुकाे कार्यलाई हाैसला दिए त्यसले नै झण्डा दुरुपयोगकाे विकृति फैलिएकाे हाे । केही दिन अघि मात्रै याे दुरुपयाेग राेक्न सरकारले सचेत त बनायाे तर त्यसकाे दुरुपयाेग गर्नेलाई तत्काल कार्वाहिकाे थालनि गरिएन भने त्याे कागजकाे खाेस्टाेकाे कुनै अर्थ छैन । ऐले देशभर भै रहेकाे चुनावि प्रचारमा राष्ट्रिय झण्डाकाे दुरुपयाेग गर्ने काम भै रहेकाेछ । तर सम्बन्धित निकायले त्यसतर्फ कुनै चासाे दिएकाे देखिदैन । विज्ञप्ति जारी गरेर जिम्मेवारी पूरा भएकाे सम्झिने नेपाली सरकारकाे प्रवृतिलेनि जताततै विकृति निम्त्याई रहेकाेछ ।विकृतिको चाङमा बस्ने बानी परेकाे सरकारमा छिटै चेतना फिरेर राष्ट्रकाे नै शिर झुकाउने खालकाे यस्ताे कामलाई तत्काल राेक्न सके राम्रै हाे। तर, जति भनेनि अटेर गरेर बस्ने र विज्ञप्ति जारी गर्नुनै सबै जिम्मेवारी सकियाे भन्ने सरकारका लागि भने विज्ञप्ति जारी भयाे सक्कियाे हैन र ?

घुयँत्राे: झण्डा अगाडि, अपराध पछाडि: सरकारको आँखामा पट्टि!

कर्णालीका बालबालिका नसर्ने रोगबाट प्रभावित बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds