बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते

दैलेख ,१२ माघ।
दैलेखमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दैलेखको भैरवी गाउँपालिका ५ गडीगाउँ निवासी ७८ वर्षीय प्रदीप सिंहको बँदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
भैरवी गाउँपालिका ६ कुटी नजिक घाम तापेर बसिरहेका बेला रातमाटे सल्लेरी वन क्षेत्रबाट आएको बँदेलले आक्रमण गर्दा गुप्ताङ्गमा कोपरेर गम्भीर घाइते बनाएको र अत्यधिक रक्तस्रावका कारण घटनास्थलमै सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेश बहादुर बरालले जानकारी दिनुभयो ।
आज दिउँसो भैरवी गाउँपालिका ६ कुर्माकोटमा बारीमा काम गरिरहेका २२ वर्षीय निकेश सिंजाली र ३४ वर्षीय दिपक सिंजालीलाई पनि बँदेलले आक्रमण गरी घाइते बनाएको डिएसपी बरालले बताउनुभयो ।
बँदेलको आक्रमणबाट निकेशको खुट्टा र दीपकको पेटमा गम्भीर चोट लागेको छ । घाइते दुवै जनाको दैलेख अस्पतालमा उपचार भइरहेको दैलेखका अस्पतालका प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिनुभयो ।

बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते

पश्चिम नेपालको चुनावी अभियानमा निस्किएका बालेन शाहको

Leave a comment

Your email address will not be published. Required fields are marked *