निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छः अध्यक्ष ढकाल

भक्तपुर, २७ पुस । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी लगानीमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । भक्तपुर उद्योग वाणिज्य सङ्घको ३८औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उहाँले महासङ्घको उक्त मागलाई सरकारले सकारात्मक रूपमा लिएर घोषणाको तयारी गरेको बताएका हुन ।

महासङ्घ ढकालले भने, “विद्यालयलाई जस्तै निजी लगानीका औद्योगिक क्षेत्रलाई पनि शान्ति क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका थियौँ, मन्त्रिपरिषद्ले यसलाई पारित गरेको जानकारी पाएका छौँ, सरकराले अब छिट्टै शान्ति क्षेत्र घोषणा गरेपछि निजी क्षेत्रमा कुनै प्रकारको बन्द, अडताल, तोडफोड, आगजनी निषेध हुन्छ ।”

अध्यक्ष ढकालले गत भदौ २३–२४ का प्रदर्शनका क्रममा उद्योग र निजी सम्पत्तिमा आक्रमण गर्नेमाथि कारबाही गर्न माग गरे । उनले निजी क्षेत्रको मनोबल खस्किएको र लगानीमैत्री वातावरण छैन भन्ने भाष्यलाई चिर्दै महासङ्घको पहलमा निजी क्षेत्रका व्यवसायी जुटेर रु १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताए ।

उक्त कम्पनीले ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता र उत्पादनमूलक क्षेत्रमा लगानी तथा रोजगारी सृजना गर्ने लक्ष्य राखेको बताउँदै उच्चस्तरीय आर्थिक सुधार आयोग गठन एवं लगानीमैत्री वातावरणको लागि विभिन्न कानुन संशोधनमा महासङ्घले महत्वपूर्ण योगदान दिएको बताए ।

भक्तपुरलाई ऐतिहाँसिक, सांस्कृतिक, पर्यटकीय र परम्परागत उद्योग तथा साना–मझौला व्यवसायको केन्द्रका रूपमा चिनाउँदै अध्यक्ष ढकालले स्थानीय वाणिज्य सङ्घहरुको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सङ्घका भक्तपुर अध्यक्ष रोशनीमैया धौबञ्जा, महासचिव नविन प्रजापतिलगायतले भक्तपुरलाई पर्यटन र हस्तकला उद्योगबाट समुन्नत बनाउन लागिरहेको बताए ।

निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छः अध्यक्ष ढकाल

२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको

निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छः अध्यक्ष ढकाल

थारु बस्तीमा बढ्यो माघीको चहलपल 

Leave a comment

Your email address will not be published. Required fields are marked *