‘कुलमानले जुन थालमा खाए त्यहीँ थालमा छेद हाले’

सुर्खेत ,२८ मंसिर।

नेपाली कम्यूनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका कुलमान घिसिङले जुन थालमा खाए त्यहीँ थालमा छेद हालेको छिप्णी गरेका छन् । शनिबार नेकपाले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङमुक्त नेपाल बनाउने ऐतिहासिक कार्य त हामीले पुरा गरकै हो ।

यसलाई कसैले नराम्रो भन्न त सक्दैन ! भलै अहिले कुलमानले गुन बिर्सेर जुन थालमा खाए त्यहीँ थालमा छेद हाल्न खोजेका छन् । तिनले त्यसो नगरुन भन्न चाहन्छु । कुलमानको बुद्धि फिरोस ! यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् ।’ कुलमानले आफुलाई छाडेर नयाँ पार्टी खोलेका प्रति लक्षित गर्दै प्रचण्डले कुलमानलाई नेपाली जनताले माफ नदिने दावी गरे । कुलमानलाई आफुले दुई पटक प्रधानमन्त्री हुँदा टिपेर ल्याएको तर्क प्रचण्डले गरे ।

सम्वोधनका क्रममा प्रचण्डले सुदुर र कर्णालीबाट सुरु भएको एकता अभियानले नेकपालाई एक नम्बर पार्टी बनाउने दावीसमेत गरे । दुई प्रदेशमा भएका एकतासभाले देशमा समाजवादी क्रान्तिको सन्देश दिएको उनले बताए । ‘नेकपाले जारी राखेका एकतासभाहरु प्रचारात्मक नभई विगतका कमीकमजोरीका विषयमा आत्मसमिक्षा र आत्मआलोचना गरेर आगामी दिनमा नेपाली जनतासँग एकाकार भएर सुशासन युक्त, भ्रष्टाचारमुक्त र आर्थिकरुपले समृद्ध, सामाजिक विभेदको अत्य गरी सामाजिक न्यायसहितको समाज निर्माण गर्ने लक्ष्य हाम्रो हो,’ प्रचण्डले भने ।

विगतका कमजोरीहरु अब नदोरिने उनले दाबी गरे । उनले नेपालमा कम्युनिष्ट घटकहरु एकत्रित हुन विगतदेखिकै प्रयास भएको बताए । उनले जेन–जी आन्दोलनलाई सही थियो भन्ने पार्टी नै नेकपा भएको उल्लेख गर्दै पछिल्लो सरकार र जेन–जीबीच भएको सम्झौता आफुहरुकै नीति तथा कार्यक्रमसँग सम्बन्धित भएको दाबी गरे । यस्तै, सभालाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधवकुमार नेपालले इमान्दारहरुको पार्टी नै नेकपा भएको दावी गरे । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उनको दावी थियो । ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन र साझा भावनामा अगाडि बढ्न सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन । त्यसैले हामीले विगतका कमजोरी स्वीकार्दै इमानदार भएर काम गर्ने सोचका साथ पार्र्टी एकता गरेका हौँ ।’ उनले प्रचण्ड र आफु मिलेर देशमा धेरै राम्रा काम गरेको दावीसमेत गरे ।

‘कुलमानले जुन थालमा खाए त्यहीँ थालमा छेद हाले’

एनपीएल सिजन–२ को उपाधि  लुम्बिनी लायन्सको पोल्टामा

‘कुलमानले जुन थालमा खाए त्यहीँ थालमा छेद हाले’

उम्मेदवार सहमति नजुट्दा जुम्ला कांग्रेसमा विवाद

Leave a comment

Your email address will not be published. Required fields are marked *