गणेश बहादुर शाही पुनः अध्यक्ष, नेपाल पूर्व सशस्त्र प्रहरी कर्णाली प्रदेश संघको आठौं साधारण सभा भव्य रूपमा सम्पन्न

सुर्खेत,२५ कार्तिक ।
नेपाल पूर्व सशस्त्र प्रहरी कर्णाली प्रदेश संघको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन २०८२ साल मंसिर २२ गते वीरेन्द्रनगर सुर्खेतमा भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनबाट सशस्त्र प्रहरी नायब निरीक्षक गणेश बहादुर शाही (अ.प्रा.) सर्वसम्मतरूपमा अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा जग बहादुर थापा (अ.प्रा.) र मान बहादुर डाँगी (अ.प्रा.), सचिवमा पदम राना (अ.प्रा.), सह–सचिवमा बहादुर थापा (अ.प्रा.), कोषाध्यक्षमा ओम बहादुर मार्ली (अ.प्रा.) र सह–कोषाध्यक्षमा दल चुनारा निर्विरोध चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा चन्द्र बहादुर कापत (अ.प्रा.), धन बहादुर बुढा (अ.प्रा.), दिलीप कुमार वली (अ.प्रा.) तथा सहिद परिवार तर्फबाट अमृता थापा निर्विरोध रूपमा निर्वाचित हुनुभएको छ।
कार्यक्रममा नेपाल पूर्व सशस्त्र प्रहरी केन्द्रीय संघका उपाध्यक्ष कदिराज श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
सशस्त्र प्रहरी बल, नेपाल, नम्बर ६ मुख्यालयका प्रमुख वरिष्ठ उपरीक्षक यज्ञकुमार कार्की विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सहिद परिवार र विभिन्न जिल्लाबाट आएका पूर्व सशस्त्र प्रहरीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विगत वर्षको प्रतिवेदन, आर्थिक विवरण प्रस्तुत गर्दै नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, अनुशासित र सामाजिक उत्तरदायित्वसहित अघि बढाउने प्रतिबद्धता जनाएका थिए।
प्रमुख अतिथि श्रेष्ठले पूर्व सशस्त्र प्रहरीहरूको अनुभव, अनुशासन र योगदानलाई समाजमा सकारात्मक प्रभावका रूपमा उपयोग गर्नुपर्ने बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।






