बाफिकोट बाढीपहिरो पीडितलाई राहत

प्रचण्ड खत्री
रुकुम पश्चिम, २० साउन ।
बर्षातका कारण कहिलेसम्म बाफिकोट गाउँपालिका वडा नं. ९ झुला स्यालामा ठुलो धनजनको क्षति हुनुका साथै ३ जनाको ज्यान गएको छ । जसबिर कामीका २२ बर्षिय छोरा नबिन बिक, छिमेकी हस्त बहादुर सुनुवारका १६ बर्षिय बल बहादुर र जसबिर की ६० बर्षिय श्रीमती झुपी कामीको उपचारको क्रममा कोहलपुर अस्पतालमा निधन भएको थियो ।

उहाँहरु अहिले स्थानीयको घरमा शरण लिएर बस्न बाध्य भएको सहयोग संकलनमा लाग्नु भएका रुकुम पश्मिका दलित नेता तथा समाजसेवी दिपक बिकले जानकारी दिए । अहिलेसम्म जसबिर कामीको परिवारका लागि अमेरिकामा बस्ने रुकुममेली युवाको पहलमा सहयोग संकलन शुरु गरिएको छ । बाफिकोट–६ मग्माका बिर्ख बहादुर खत्री, धन बहादुर कुसारी, विजय कुमार खत्री, कमल खनाल, बालाराम कुसारी, मोहन कुसारी लगायत २७ जना युवाहरुले पिडित जसबिरको परिवारलाई घर बनाईदिने भन्दै सहयोग रकम जुटाउन सुरु गरिएको अमेरिकाबाट कमल खनाल जानकारी दिए ।

उनीहरुले अहिलेसम्म २ हजार ६ सय २७ रुपैयाँ अमेरिकी डलर अर्थात नेपालि रुपैयाँ ३ लाख २५ हजार २ सय ४० रुपैया संकलन भएको उनीहरुले बताए । अहिलेसम्म नेपालमा पनि बिभिन्न व्यक्ति तथा संथाले सहयोग दिएको पिडित जसबिर कामीले बताए । बाफिकोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष चन्द्र बहादुर केसीले १० हजार, बाफिकोट गाउपालिका वडा नं. ४ सिम्तारु निबासी हाल मलेसियामा बस्ने बल बहादुर बुढा मगरले ९ हजार, बाफिकोट गाउँपालिका वडा नं. ९ निवासी तथा नेकपा वडा कमिटी अध्यक्ष दिपक गिरीबाट ८ हजार , बाफिकोट गाउँपालिका वडा नं. ५ मग्माका बिशाल घर्ती मगरबाट ७ हजार, श्री कृष्ण समाज काठमाडौंले ११ हजार सहयोग रकम प्राप्त भएको दलित नेता बिकले जानकारी दिए ।

त्यस्तै बाफिकोट गाउपालिकाले १ लाख बराबरको राहात दिने निर्णय गरेको बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर के सीले जानकारी दिए । पिडित परिवारलाई बैंकमा खाता खोल्न लगाएर राहात दिने अध्यक्ष केसीले जानकारी दिए । एक महिनाको अबधिमा बाफिकोट गाउँपालिकामा ३ जनाले आत्महत्या गरेका छन् । बाफिकोट गाउँपालिका मै १ जना बाख्रा चराउन गएको बेला ढुङ्गा लागेर १ जना, धान गोडेर घर फर्कदा एक जना र स्यार्पुतालमा पौडी खेल्ने बेलामा डुबेर २ जनाको निधन भएको ईलाका प्रहरी कार्यालय बाफिकोटका इन्चार्ज कर्ण बहादुर नेपालीले जानकारी दिए । आत्महत्या हुनुमा घर परिवारको बढी मानसिकताको चेतावनी रहेको इन्चार्ज नेपालीले जानकारी दिए । घर परिवारको समस्यालाई उल्टै सल्ट्याउने हो । आत्महत्यामा सुधार आउने बिश्लेषकहरु बताउछन ।

बाफिकोट बाढीपहिरो पीडितलाई राहत

सिपाही कामरेडकाे पिडा : अध्यारोमा धकेलिएको जिन्दगी

सम्पादकीय : विस्थापितको व्यवस्थापन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds