घुयँत्राे:“राजनीति कि जादु? ५७ बुँदाले सबै समस्या एकैचोटि गायब!”
(गताङ्ककाे बाँकी )
४८- हालकाे युध्दकाे अबस्थाले गर्दा अत्यधिक मूल्य बृध्दि भै रहेकाेले यसलाई राेक्न आबस्यक कदम चाल्ने र मूल्य नियन्त्रण गर्ने ।
४९ नेपालका निजि बैंकहरुले लाेन दिँदा सम्झाैतामा गरिएकाे ब्याजकाे प्रतिसत २ मैना नपुग्दै बृध्दि गर्दै लगि ऋणिकाे ढाड सेक्ने प्रवृत्तिका कारण कुनैपनि व्यापारी,किसान,उद्याेगिहरु बैंकसित काराेबार गर्न रुचाउँदैनन त्यसैले बैंकहरुसित बसी सहजरुपमा ऋण प्राप्त गर्ने ब्यवस्था मिलाउने ।
५० – आबस्यकता नभएकाे मुलुकमा राजदुताबास नराख्ने र राजदुत पनि नियुक्त नगर्ने ।
५१- कैलालीको बासुलिङ सुगरमिल सन्चालनकाे ब्यवस्था मिलाएर राेजगारीकाे अबसर खाेल्ने र देशलाई चिनिमा आत्मनिर्भर बनाउने ।
५२- वन ऐन संसाेधन गरि विदेशबाट काठ ल्याउन राेक लगाउने र खेर गै रहेका काठ,दाउरा सुकेकारुख र झडापडा दाउरा संकलन गरि काठ दाउराकाे विक्रिवितरण मिलाउन सबै प्रदेशमा इन्धन डिपाे राख्ने र स्वदेशमै निस्कने काठबाट देशलाई आत्म निर्भर बनाउने र समुदायलाई सामुदायिक वन संरक्षण र बृध्दिमा सरकारले सहयाेग गर्ने ।
५३- राजनीतिक दलहरुलाई वर्गीय तथा विद्यार्थी संगठन खाेल्न दिने व्यवस्था हटाउने ।
५४- प्रदेश तथा स्थानीय निकायका कर्मचारी ,नेता र उपभाेक्ता समितिबाट अत्यन्त ठूलाे भष्टाचार हुने गरेकाे देखिएकाले यसलाई राेक्न कसरी सकिन्छ त्याे विधि अविलम्ब अपनाउने ।
५५- प्रदेश र संघ मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीका नामबाट सडक र नालिका झार र पात पतिङ्गर फाल्न स्थानीय र प्रदेशमा पठाउने रकम तत्काल राेक्ने ।
५६ – अस्पतालले विमा अन्तरगत उपलब्ध गराउने आैषधि , आैषधि उत्पादन कम्पनी हरुले मापदण्ड विहिन र गुणस्तर हिन उत्पादन गरेर अस्पतालमा आपूर्ति गर्ने गरेकाे भन्ने बुझिएकाेले सरकारले ती कम्पनिमा उत्पादन हुने आैषधिकाे गुणस्तर परिक्षण गरि गुणस्तर हिन आैषधि अस्पतालले नलिने ब्यवस्था गर्ने ।
५७ – बजारमा आउने तरकारीमा अत्यन्त धेरै किटनासक आैषधि हाल्ने गरेर मानवीय स्वास्थ्यमा असर गरेकाे भन्ने बुझिएकाले सरकारले तरकारीमा दैनिक परिक्षण गरि किटनासक आैषधिकाे मात्रा देखिने बित्तिकै नष्ट गर्ने ब्यवस्था गर्ने ।
सामान्य त यी कुराहरु गर्दै गयाैँ भने यसले पक्कै पनि हाम्राे जीवनमा परिवर्तन देखिनेछ र नयाँ सरकारले केही गर्दैछ भन्ने कुरामा जनता भराेसामन्द रहनेछन ।त्यसपछि बिस्तारै जनताले समृद्धि बन्ने बाटाे पैल्याए भने सरकारपनि स्थिर बन्दै जानेछ । यदि याे सरकार पनि विगतका सरकार वा पाटि जस्तै आफू र आफ्नो परिवारकाे मात्रै हित हेर्ने र जनताका चाहनामा सँधैभरि तुषारापात गरिरहने भयाे भने याे दल र सरकारलाई पनि पुरानै दलकाे अबस्थामा फरकाई दिनेछन ।त्यसैले याे सरकार मन्त्री ,सल्लाहकार र विषय विज्ञकाे भनाईमा लागेर हिँड्याे भने अबस्य पनि सफल हुनेछ र एमाले र काँग्रेसले ध्वस्त बनाएकाे देशलाई बिस्तारै समृद्धितिर अघि बढाएर लग्न सकियाे भने देश बन्न धेरै समयपनि लाग्ने छैन । जनता र नेताबिच समझदारी र समन्वय भएर अघि बढन थालियाे भने जस्ताेसुकै अबराेध पनि छिचाेल्न सकिन्छ । मुख्यकुरा जनताका कुरा शिराेधार्य गरेर पाटि र सरकार हिँड्याे भने देश अबस्यै बन्छ । हामी सँधैभरि गरिबी र अभाबकाे जिन्दगीमा बाँचि रहनु पर्ने छैन । बालेन सरकारमा चेतना भया । समाप्त ।




