जुम्लाका उम्मेदवारले गरे चुनावी खर्चकाे विवरण सार्वजनिक

गाेल्डेन बुढा

जुम्ला,२९ फाल्गुन।
जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरूले आ–आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालय जुम्लामा पेस गरेका हुन्।जिल्ला निर्वाचन कार्यालय जुम्लामा बुझाइएका विवरणअनुसार उम्मेदवारहरूको खर्च शैली, प्राथमिकता र अभियान सञ्चालनको ढाँचा फरक–फरक देखिएको छ। कसैले प्रचार सामग्री, सवारी साधन र आमसभा केन्द्रित अभियान सञ्चालन गरेको देखिन्छ भने केही उम्मेदवारले सीमित स्रोतसाधनमै चुनावी अभियान चलाएको विवरणमा उल्लेख छ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा नवनिर्वाचित सांसद नरेश भण्डारीले निर्वाचन अवधिभर १० लाख २ हजार रुपैयाँ खर्च भएको बताएका छन्। उनले निर्वाचन कार्यालयमा बुझाएको विवरणअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली व्यवस्थापनमा १२ हजार, प्रचार सामग्री (मतपत्र, झण्डा, ब्यानर लगायत) खरिद तथा छपाइमा २ लाख ३५ हजार, यातायातमा २ लाख ६५ हजार, डिजिटल प्रचार सामग्री उत्पादन तथा प्रसारणमा २ लाख ५० हजार खर्च भएको उल्लेख छ।त्यसैगरी इन्टरनेट तथा सञ्चारमा ५ हजार, इन्धनमा ८५ हजार, खाना खर्चमा ९५ हजार र विविध शीर्षकमा ४५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।यस्तै नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले सार्वजनिक गरेको खर्च विवरणअनुसार महतको चुनाव अवधिभर ५ लाख ५३ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। खर्च विवरणअनुसार गाडी एउटा ९० हजार, इन्धन एक सय लिटर ३० हजार, प्रचार सामग्री (प्रचा पम्पलेट) खर्च १ लाख ६० हजार, आवाज सहितको सन्देश निर्माणतर्फ १ लाख ३० हजार र अन्य खर्च १ लाख ४३ हजार गरी कुल ५ लाख ५३ हजार खर्च भएको उल्लेख छ।यता नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले १७ लाख ६२ हजार ३ सय रुपैयाँ खर्च गरेका छन्। जसमा दुई सवारी साधन भाडामा लिएको ४ लाख ५० हजार, नमुना मतपत्र र घोषणापत्र छपाइ १ लाख ६५ हजार, सवारी साधनको इन्धन खर्च २ लाख ५० हजार, झण्डा, ब्यानर, लकेट र छपाइमा २ लाख ६० हजार खर्च भएको छ।उम्मेदवारको सम्पर्क कार्यालय खर्च ७० हजार, खाना, खाजा र आवास खर्च २ लाख, गाउँपालिका स्तरीय भेला तथा प्रशिक्षणमा २ लाख ६० हजार, मोटरसाइकल र्याली र इन्धन ८५ हजार, मनोनयन दर्ता १० हजार र अन्य २३ सय गरी कुल १७ लाख ६२ हजार ३ सय रुपैयाँ खर्च भएको छ।अर्का नेकपा (माओवादी)का विर्खबहादुर शाहीले समेत चुनाव खर्च सार्वजनिक गरेका छन्। उनको चुनाव खर्च १ लाख ५२ हजार ८ सय रुपैयाँ भएको छ। मनोनयन दर्ता १० हजार रुपैयाँ, झण्डा र ब्याज छपाइ १५ हजार रुपैयाँ, घरदैलो कार्यक्रममा ४० हजार रुपैयाँ, होटल तथा खाजा तर्फ ४० हजार रुपैयाँ, नमुना मतपत्र छपाइ २० हजार, सवारीसाधन १० हजार, पेट्रोल खर्च १५ हजार र ब्यानर खर्च २८ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।नेपाल जनता पार्टी जुम्लाका उम्मेदवार रनिल विक्रम शाहीले पनि आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन्। चुनाव अवधिभर उनले २९ हजार रुपैयाँ मात्रै खर्च भएको विवरण सार्वजनिक गरेका छन्।

जेन्जी उमेर समूहका एकमात्र उम्मेदवार शाहीले सञ्चार खर्चमा ५ हजार, यातायात खर्चमा ५ हजार, खाजा खर्च ७ हजार, मसलन्द ५ हजार र झण्डाका लागि ७ हजार गरी कुल २९ हजार रुपैयाँ चुनावमा खर्च भएको बताएका छन्।यता नेमकिपाका विर्खबहादुर रावतले २ लाख १७ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण पेस गरेका छन्। यातायात खर्च १ लाख २० हजार, पर्चा पम्पलेट खर्च ६ हजार, स्टेसनरी १५ हजार र माइकिङ खरिद ३६ हजार रुपैयाँ खर्च गरिएको छ।यस्तै राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च गरेको विवरण पेस गरेका छन्। मनोनयन दर्ता १० हजार रुपैयाँ, सवारीसाधन, तेल खर्च र मर्मत खर्च ५ लाख ९० हजार रुपैयाँ, घरदैलोमा २ लाख ८० हजार रुपैयाँ, झण्डा, ब्यानर र नमुना मतपत्र छपाइ खर्च २ लाख २० हजार रुपैयाँ, मिडिया खर्च ३ लाख रुपैयाँ, आमसभामा ३ लाख ५० हजार रुपैयाँ, युवा परिचालन खर्च ८० हजार रुपैयाँ र जिल्ला स्तरीय बृहत आमसभामा २ लाख २५ हजार रुपैयाँ खर्च उल्लेख गरिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनिता कठायतले ९ लाख ६७ हजार ४ सय २० रुपैयाँ खर्चको विवरण पेस गरेकी छन्। मतदाता नामावली खर्च ३ हजार पाँच सय, मनोनयन दर्ता ५ हजार रुपैयाँ, गाडी खर्च २३ हजार रुपैयाँ, झण्डा ब्यानर खर्च २० हजार, पम्पलेट खर्च ३० हजार, पेट्रोल खर्च ५० हजार, डिजेल खर्च २ लाख रुपैयाँ, ब्यानर झण्डा ढुवानी ६ हजार ५ सय रुपैयाँ, खाना खर्च २ लाख रुपैयाँ र बाँकी खर्च जिल्ला पार्टी कार्यालयलाई हस्तान्तरण ४२ हजार ४ सय २० रुपैयाँ रहेको छ।

निर्वाचन आयोगले जुम्लाका प्रत्यक्षतर्फका उम्मेदवारलाई ३० लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानुनी प्रावधान बनाएको छ। जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र कडेलका अनुसार बुझाइएका विवरणअनुसार उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार, यातायात, खानपान तथा प्रचार सामग्रीमा मुख्य रूपमा खर्च गरेको देखिएको छ।पेस गरिएका विवरणले उम्मेदवारबीच चुनावी अभियानको आकार र स्रोत परिचालनमा उल्लेख्य अन्तर देखिएको छ। कसैले ठूलो आमसभा, सवारी साधन र प्रचार सामग्रीमा उल्लेख्य खर्च गरेका छन्। भने केही उम्मेदवार सीमित साधन र सानो अभियानमार्फत मतदाता भेट्न पुगेको देखिन्छ।

जुम्लाका उम्मेदवारले गरे चुनावी खर्चकाे विवरण सार्वजनिक

धार्मिक, सांस्कृतिक र खेल पर्यटन प्रवद्र्धनमा प्रदेश

जुम्लाका उम्मेदवारले गरे चुनावी खर्चकाे विवरण सार्वजनिक

जुम्लामा एलपी ग्यासको अभाव आशंका: डिलरलाई अभिलेख

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds