राजनीतिमा घिच्च्याउने कला: ‘बा’ले प्रशिक्षित भोलिन्टियर फोर्स तयार, विरोधी उठ्नै नसक्ने गरी पल्टाउने अभियान

हैन ! बा भन्या बा नै हुन यार ! जेनजी आन्दोलन पछि हरेक वर्ग समुदाय क्षेत्र जताततै केपि ओलि मुर्दावाद भनेर नारा लाएका लाई छन । तर एमाले पाटि अध्यक्ष ओलि भने जाेसुकैले जति विराेध गरेनि टसकाेमस नभएर जेनजी आन्दोलनकाे विरुद्धाँ हुक्कार हालेकै छन यार !

हरेक किसिमका ताना बाना बुन्ने देखि लेर आन्दोलनकाे विरुद्धाँ ७७ ऐ जिल्लाँ बिराेधका कार्यक्रम गरेर जेनजी आन्दोलनकाे विरुद्धाँ बाकाे अभियान एकनासले गै राछ तनि । जेनजीसित लडने भनेरै भाेलेन्टियर फाेर्स गठन गरेर जेनजीका विरुद्ध लडने स्कुलिङ गरि रहेका बा लाई देखेर जेनजीनि चित खा छन । आँफुलाई प्रधानमन्त्री पदाट सत्ताच्युत गराउने जेनजीकाे माग समर्थन गर्दै आँफुले कैल्यैनि पाटिकाे अध्यक्ष पदाट राजीनामा नदिने र बरु महाधिवेशन गरेर फेरि अध्यक्ष भएर देखाई दिने र पुन सत्ताँ जाने चुनाैति दिई रका बाका क्रियाकलापनि अनाैठै छन गाँठे । त्यति मात्रै हैन आँफुले नि कुनै भष्टाचार नगर्या र आफ्नो पालाँ अरुले नि भष्टाचार नगर्या हुँदा जेनजीहरकाे भष्टाचारकाे आराेप गलत रहेकाे अडान लिँदै गैर सम्बैधानिक रुपमा बनेकाे सुशिला कार्किकाे सरकारले बनाउन लाग्या चुनाबाँ हामी भागै लिन्नम् कसरि चुनाब हुँदाेरैछ हेरम्ला भनेर चुनाैति पाे दि राछन त बा !

उनले आफू सरकार पुन स्थापनाका लागि अदालत गई सकेकाे र अदालतले संसद पुनस्थापना गरेरै छाेडने दावा गर्दै समाजाँ शान्ति स्थापना गर्न अगाडि बढनु पर्ने ठाँ कतै आँफै र कतै एमालेका कार्यकर्ता वा भातृ संगठन लगाएर देशाँ अस्थिरता पैदा गर्न लागि पर्या पाे देखिन्छन त ! हुन पनि जेनजी आन्दोलन पछि उनलाई यति घमण्ड र ईर्ष्याले गाँजेकाेछ कि उनका विरुद्धा हिँडने कार्यकर्तादेखि उनकाे नजराँ दाेषि देख्खिया हरेक ब्यक्तिकाे कुण्डलि बनाएर बस्याछन त्यै कुण्डलि अनुसार जसलाई जहाँनिर पुगेर घिच्याएछि उठनै नसक्ने गरि पल्टिन्छ त्यल्लाई त्यहाँनिरै घचेटने तयारीयाँ कार्यकर्ता लाई प्रशिक्षित गरि रा छन । त्यसैले यी आँखाले के के देख्न र यी कानले के के सुन्न पर्ने हाे ऐल्यै बुझ्न गाह्राे छ । कमिनिष्ट पाटिकाे मुख्य विराेधि र दिवार भनेकाे प्रचण्ड नै हाे उसले जसरि ८/१० वटा पाटि टालाे हालेर कमिनिष्ट बनाछ त्यसाई चुनाैती दिनेगरि युवाका दुईटा संगठन याैटा भाेलेन्टियर र अर्काे जेन्जि तयार गर्न बा ज्यान छाेडेर लाग्या छन । यसरी खाेल्न लागिएकाे भाेलेन्टियर संगठन चाइँ गठन गरिएकाे र त्यसाँ कम्तिमा ७ वटा अपराधमा मुछ्या ब्यक्तिकाे पहिचान गरि खाेलिएकाले भाेलेन्टियर अध्यक्षकाे सामाजिक सन्जालाँ बिराेध भै राकाेछ । खास गरि कमिनिष्ट पाटिमा लाग्ने मान्छेहरु विना अपराधका र स्वच्छ हुने सम्भावना कम भएकाले नि १/२ दिन पछि विराेध स्वत्: हराएर जानेछ भने संगठनका लागि ४/६ वटा अपराधका ट्याग नलागेका मान्छेले राजनीतिक संगठनका भातृ संगठन हाँक्नै सक्दैनन । खासगरि पाटिलाई चाइया वेलाँ लडन भिडनालागि त्यस्ताे संगठन बनाउने हाे अनि थाेडा बहुत अपराधाँ चर्चित नभा मान्छेले त्याे संगठन कसरी हाँक्छ र ? यस्ता कुराँ पूरा अनुभबलेर बस्या बा लाई कसैले सिकाई रहनु पर्दैन । त्यसैलेनि बाले चुनेछि चुने चुने । त्यत्ति हाे बा चुनाबाँ भाग लिन्न भन्छन अनि बिनाचुनाब कसरी सत्ताँ गईन्छ र अनि सत्ताकाे स्वाद लिन पाईन्छ तनि भनेर बा का कार्यकर्ता चिन्तित छन ।

यी विचरा झाेले कार्यकर्तालाई के था ? ऐले सर्वाेच्च अदालताँ बाल्यै नियुक्त गर्या न्यायाधीश छन अनि बिना चुनाब मुद्दा जितायर बालाई सत्ताँ बसाई दिन्छन भन्ने के था ? यत्ति कुरानि बुझ्दैनन र त जनताले कार्यकर्ता नभनेर झाेले भन्न थाल्याछन । यिनरलाई के था झाेले र कार्यकर्ताँ आकाश र जमिन जत्तिकै फरकछ भन्ने कुरा । हैन र ?

राजनीतिमा घिच्च्याउने कला: ‘बा’ले प्रशिक्षित भोलिन्टियर फोर्स तयार, विरोधी उठ्नै नसक्ने गरी पल्टाउने अभियान

वाम–एकताको शक्तिशाली उपस्थिति जुम्लामा

Leave a comment

Your email address will not be published. Required fields are marked *