घुयँत्राे:जेनजीले देश हल्लाउँदा काँग्रेस भित्रै हल्लियो: बैठक डेढ महिनादेखि ‘कोमा’मा

जेनजी आन्दोलनले सबैभन्दा पत्तासाफ त काँग्रेसकै गरेछ कि क्या ? केन्द्रीय समितिकाे बैठक बस्या डेढ मैना हुँदानि बैठक कुनै निर्णमा पुग्न नसकेर लम्पसार पर्या पर्यैछ । जेनजी आन्दोलनाँ सम्पत्ति मात्र हैन कि कसाे कसाे ज्यानै गुमाउने अबस्थाँ उध्दार गरिएका पाटि सभापति देउबा र पत्नि आर्जु विदेश गएर उपचार गरेर तन्दुरुस्त भएर आईसक्दा समेत पाटिकाे बैठक तन्दुरुस्त भएर नचलेछि ऐले महाधिवेशन र विशेष महाधिबेसनकाे डाेरी तानातान गर्या शेखर काेईराला ग्रुप र देउबा ग्रुप कल्ले डाेरप छिनाल्न सक्ने भन्ने कशरतमा लाग्याछन । जेनजी आन्दोलनले राखेका मागलाई सकारात्मक वा नकारात्मक कसरी हेर्ने देशलाई कसरी बढाएर लैजाने भन्ने जिम्मेवारी पूरा गर्ने भन्दानि पाटिमा दुईगुठ बनाएर पाटि कसरी कब्जा गर्न सकिन्छ भनेर लागेका काँग्रेसीहरुकाे व्यवहार हेर्दा आउँदा दिनमा काँग्रेसले जनताकाे अपेक्षा अगाडि बढन नसक्ने मशसुस सर्वत्र गरिँदैछ ।
आजसम्म पाटि भित्रै बसेर द्वन्द्व गरि रहेका शेखर र उनका समूहहरु कुनै पनि हालतमा पाटि टुक्र्यारै जाने पक्षमा देखिएका छन । चुनाबमा जानू भन्दा अघिनै विशेषअधिवेशन गर्ने त्यसमा आँफुहरुले पाटि कब्जा गर्न नसके पाटि टुक्र्याएर अर्काे पाटि गठन गर्ने दाउमा छन । उता फेरि फागुनमै चुनाब गराउने दाउमा सरकार लागि रहेकाे र विशेष अधिवेशन भन्दा पहिलेनै निर्वाचन आयाेगमा पाटि दर्ता गरि सक्ने सूचना भै सकेकाेले विशेष महाधिवेशनमा छुट्टै पाटि बनाएर जाने कुरामा उनका कार्यकर्ता राजी भएनि कस्काे पाटिकाे हक सकार गरेर चुनाबमा जाने भन्ने बिषयमा छिनाेफानाे नभएकाले शेखर काेईरालाले पाटि बैठकाे निर्णय कुरेर बसिरहेका छन । तर उनका कार्यकर्ताहरुभने निर्ण पर्खिएर बसीराख्दा आँफुहरुलाई घाटा हुने बताई रहेका छन । विगतमा एउटै पाटि भित्र रहेर नि देउबा र काेईराला ग्रुपमा रहेका कार्यकर्ता आफ्नो लबिकाेले टिकट नपाए अर्काे लबिलाई कुनै पनि हालतमा सहयाेग नगर्ने परम्परा बस्दै आईरहेकाेछ ।त्यसैले पनि काेईराला समूह पाटि कब्जा गर्न नसके छुट्टै पाटि खडेर चुनाब लडनु हितकर हुने तर्क गर्दै आईरहेका छन । त्यसैले पनि याे पटककाे काँग्रेसकाे बैठक खुकुरीकाे धारमै चलिरहेकाेछ । केही नेताहरु पाटिभित्रकाे अन्तर विराेधलाई साम्य पारे फागुन २१ काे चुनाबमा जाने पक्षमा छ भने अर्काे पक्ष अर्थात काेइराला पक्ष निर्णय पूरै आफ्नो पक्षमा आउनु पर्ने र नआए यै माैकाकाे फाईदा उठाएर देउबा पक्षलाई पूर्णदाेषि देखाएर पाटि फुटालेर जाने दाउमा छ । उनिहरु खासगरि काँग्रेस पाटि भनेकाे काेईरालाहरुकाे अंश हाे त्यसमा हालि मुहालि काेईराला र उनकै समर्थन गर्ने हरुकाे मात्र हुनु पर्छ भन्नेछ । त्यैले विशेष महाधिवेशनबाटै पाटि कब्जा गर्न सजिलाे हुन्छ भन्ने रणनीति अन्तरगत विशेषमहाधिवेशनमा डटेर लागेका छन ।
उता देउबा पक्षपनि विशेष महाधिवेशनमा गईयाे भने आफ्नो हातकाे पाटिकाे लगाम अर्काकाे हातमा जाने डरले केन्द्रीय कमिटिकाे बैठकमा केही पनि निर्णय दिन नसकेर देउबाकाे मुख ताकि रहेका छन उता देउबा चाइँ आँफुलाई कसैलेनि ठाउँ नदिने देखेछि निर्णयबाट पन्छिएका छन । त्यसैले नि अरु वाटिहरु काेहि आफ्नो पाटिकाे महाधिवेशन गर्न त काेहि संगठन र भातृ संस्थाकाे निर्माणमा लागेर जेनजी आन्दोलनलाई चुनाैति दिँदै र आन्दोलनका विरुध्द आमसभा गर्दै हिँडदा समेत नेपाली काँग्रेस भने रनभुल्लमा छ । काँग्रेसकाे याे पारा देखेर सर्वसाधारण जनता पनि अब काँग्रेस जनताकाे विश्वासलायक पाटि रहेन भन्ने व्याख्या भै रहेकाेछ । हेराैँ काँग्रेसले आँफुलाई अब जनताका अगाडि कसरी जाने निर्णय गर्छ । जुटेर कि फुटेर ! ?




