घुयँत्राे:“सचिव बनाउने कि सरकार ढाल्ने? कर्णालीमा राजनीति कि ‘कुर्सी-कुर्सी’ खेल!”

कर्नालियाँ अब फेरि कर्नालि खेलकुद परिषदकाे सदस्यसचिव छान्ने कुराँ एमाले र काँग्रेस बिच लकधनि पर्ला जस्ताे सम्चार बाइरियाेत हँ । दशाै राष्ट्रिय खेलकुद गर्ने भन्छन सदस्य सचिब नबनाई खेल गर्ननि नपाईने । मुख्यमन्त्री एमालेकाे कार्यकर्तालाई लाई बना भनेर सामाजिक मन्त्रीलाई पेल्ने अनि सामाजिक मन्त्री भर्सक कमिनिष्टलाई किन बनाउने भनेर टाल्न खाेज्ने गर्दागर्दै आजसम्म त नियुक्तिलाई धकेल्या धकेल्यैथे । तर के गर्नु अब मुख्यमन्त्रीले पेलेछि सामाजिक मन्त्री भण्डारी उपाए बिहिन बन्या छन ।

बिचरा भण्डारीका पाटिका नेताले आफ्नाे मान्छे बनाईदे भन्ने मुख्यमन्त्री कँडेलले खबरदार मेराे मान्छे नबनाए तेराे खैरियत छैन भनेर धम्कि दिन थालेछि बिचरा सामाजिक मन्त्रालय घाँडाे भाछ । फेरप कर्नालिका अल्लि जिउँदा खालका नेताहरु भन्या यिनै दुईटा हुन । आफ्नाे अडानका लागि दुईटै नेता मायुर मानिन्छन । सहमति बिना एकले अर्काेलाई पेलेर जाननि नमिल्ने । पेलेर जाँदा नि दशाैँ खेलकुद गर्नुछ । खेलकुदका बेलाँ पैशादिनेदेखिलेर हरेक कुराँ मन्त्री नभै पनि न हुने आफ्नो मान्छेनि बनाउनु पर्ने मन्त्रीलाई नि रिझाउनु पर्ने बिचरा मुख्यमन्त्री यामलाल कँडेलजि नि संकटमैछन । उता आँफुले भन्दानि पाटिका कार्यकर्ताले बना भन्या मान्छे सचिव बनाउन सक्किएन भनेनि कुराे ओलिसम्मै पुग्ने त्यसैत ओलिले माले भएदेखिनै यामलालजीलाई भरविश्वास गर्नै छाेड्याछन ।झन याे चाेटि भन्या मान्छे गराउन नसक्ने हाे भनेत मुख्यमन्त्रीलाई फागुनका मैनाँ आउने चुनाबाँ चुनाैतिनै चुनाैतिकाे सामना गर्नु पर्ने हुन्छ । त्यसै त अबदेखि प्रदेशकाे चुनाब नलडने कसम खाई सक्या कँडेलजीलाई राजनीतिक संकट आईपर्याछ । केन्द्रकाे चुनाब २ बर्ष अघिनै आएर “आफू ताक्छु मुढाे बन्चराे ताक्छ घुँडाे” भै रा बेला याैटा मुख्य मन्त्री भएर प्रदेश चलाएर बस्या बेलाँ त्याे जाबाे खेलकुदकाे सदस्य सचिवमा नि आफ्नाे कार्यकर्ता भर्ति गर्न सक्दैनस भने तैले पाटि र कार्यकर्तालाई उँभाेलाउँछस भनेर नेता कार्यकर्ता पाखुरा सुर्किन लाए भने के गर्ने !? कार्यकर्ता भर्ति नगरम भनेनि भाेलि चुनाबाँ गाउँ दाैडाएर खेल खेलाउन लाउने तिनैलाई हाे । बनाउन कस्सिम काँग्रेसकाे सबैभन्दा बिन्ठाे मन्त्री त्यै घनश्यामछ । त्यल्ले हुन देला र मैले गरिखाम्ला भन्ने कुराँ आँफै विश्वस्त नभएनि मुख्यमन्त्रीले सामाजिक मन्त्रीलाई प्रदेश खेलकुद सदस्यसचिव नियुक्ति गर भनेर कडै भाषाँ निर्देशन द्याछन तर के गर्नु सामाजिक मन्त्रीले हाे तनि मुख्यमन्त्रीले भन्नू भाे महासचिव नियुक्त गर्नु पर्याे भनेर आदेश पालना गरेर एमालेकै मान्छे नियुक्त गर्दे त हाे तर मन्त्रीले आफ्नो अधिकार आफ्नै मान्छे नियुक्ति गर्छु भनेर मुख्यमन्त्रीकाे चाहना विपरितकाे मान्छे नियुक्ति गर्दियाे भने भ्याईएन । कर्नालिकाे ऐलेसम्मकाे राजनीति नै यै सदस्य सचिवकाे नियुक्ति खेलकुदकाे आयाेजना र भएजतिकाे बजेट स्वाम्म निलाैँला भन्ने दाउमा नेताछन अनि यै फलदिने पदलाई अर्का हाताँ पारेर बस्न न काँग्रेस चाहन्छ न एमाले त्यसैले खेलकुदकाे सचिवलाई दाउमा राखेर कस्ले काँ के के छाेडनु पर्ने हाे ती कुरात अब बल्ल खाेदलियलान किन भने १० आैँ खेलकुद गर्नु पर्ने भए महासचिव नियुक्त नगरि उपाए छैन उसका नियुक्तिका लागि एमालेले काँग्रेस सितकाे गठबन्धन नै ताेडेर सरकार चलाउनु पर्ने पनि हुन सक्छ । किन भने याे ३ बर्ष काे अबधियाँ भेरीमा धेरै पानी बगी सक्याछ ।राजनीतिहाे भन्न सकिन्न २ तिहाईकाे सरकार हाे कसैले हल्लाउन सक्दैन भनेर रातदिन कुर्लियर विपक्षिहरुलाई चुनाैति सिवाय केही नदिने ओलि त २७ घण्टामै सरकार छाडेर ज्यान जाेगाउन लुकेर बस्नु पर्ने भाे । याे जाबाे कर्नालिकाे सरकार त बहुमत मात्रै न हाे कुनै याैटालाई चित्त बुझेन र सँगै हिँड्या साथिलाई हिँडदाहिँडदै यस्साे धकेल्दियाे भने त्यस्सै गर्ल्यामगुर्लुम हुने वालाछ ।

त्यसैले गठबन्धनवाला नेताजीहरु बडा सम्यमताका साथै कहिँकसैलाई चित्त नदुख्ने खालकाे याैटा सर्व स्विकार्य मान्छे खाेज्नुहाेस र सदस्यसचिव बनाउनु हाेस जसले गर्दा नेताजीहरुकाे हाईहाई हाेस नेताहरु सुध्रियछन भन्ने भान जनतामा पराेस , खेलकुद सफलतापूर्वक सम्पन्न गर्न सबै जुटुन कहिँकतै भेदभाव नहाेस तब न हुन्छ । आखिर २३/२४ काे आन्दोलनकाे मनसायनि त त्यै हाे । आशाछ काँग्रेस कमिनिष्टमा वुध्दि पलाओस ,प्रदेशकाे याे समस्याले निकास पाओस ! हामीजस्ता सर्वसाधारणलाई याे भन्दा बढि केही चाहियाछैन ।बस तपाइँहरु सुध्रिनुस । र , सुध्रिएकाे कुराकाे अनुभूति जनताले गर्न पाउन । जयहाेस !

घुयँत्राे:“सचिव बनाउने कि सरकार ढाल्ने? कर्णालीमा राजनीति कि ‘कुर्सी-कुर्सी’ खेल!”

“जुम्लाका मतदाता”अन्योलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *