उच्च मुल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको करिडोर कार्यालय जुम्लामा उद्घाटन : ६ पालिकामा लागू हुने

काली बहादुर परियार

जुम्ला,३ मंसिर।

जुम्लाका कृषि प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रतिफलमुखी बनाउने उद्देश्य सहित जुम्लामा उच्च मुल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (RHVAP) अन्तर्गत करिडोर कार्यालयको औपचारिक उद्घाटन गरिएको छ ।

कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित यस बहु–वर्षीय परियोजनाको शुभारम्भ प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनोद कुमार शाहकाे प्रमुख आतिथ्यमा बुधबार एक समारोहका बीच उद्घाटन गर्दै गरे ।

जुम्ला आगमन पछि मन्त्री शाहले रिबन काटेर उद्घाटन गरेकाे करिडोर कार्यालयले अब कर्णालीका तीन जिल्लामा उच्च मुल्यका कृषि वस्तुको उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा ठोस पहल गर्नेछ ।

उद्घाटन समारोहमा मन्त्री शाहले कर्णालीको तरकारी, फलफूल, पशुपालन र दुग्ध क्षेत्रलाई आधुनिक पद्धतिबाट विस्तार गर्न यो परियोजना महत्वपूर्ण मोड बन्ने दाबी गरे ।

उनले भने, कर्णालीमा कृषि सम्भावना अपार छ । योजनाहरू ल्याएर मात्र होइन, समन्वय, सहकार्य र स्थानीय तहको सक्रिय सहभागिताबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ । त्यही लक्ष्यसहित याे कार्यक्रम अघि बढेको मन्त्री शाहीले बताए ।

उनका अनुसार, कर्णाली प्रदेश सभा बाट लागू हुने स्याउ बिकास बाेर्डकाे मुख्य कार्यालय जुम्लामा रहने मन्त्री शाहीले आश्वासन दिए ।

यस्तै कर्णाली प्रदेश सभाका सदस्य देवेन्द्र शाहीले परियोजनाको स्वागत गर्दै कृषि क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने संरचनात्मक कदमहरू आवश्यक रहेको उल्लेख गरे ।

उनले स्याउ विकास बोर्ड गठनलाई पूर्णता दिन आग्रह गर्दै कर्णालीको मौलिक उत्पादनकै आधारमा कृषिको पहिचान सिर्जना गर्नुपर्ने बताए ।

करिडोर जुम्लाका कार्यालयका प्रमुख सन्तोष भारतीका अनुसार परियोजना आगामी सात वर्षसम्म जुम्लाका ६ पालिकामा लागुफहुने बताए । उनका अनुसार, तातोपानी र गुठिचौर बाहेक अन्य पालिकाका प्रत्यक्ष कार्यान्वयन हुने बताए ।

उनले प्रारम्भमा जिल्ला स्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने र उत्पादन भ्यालु चेन, प्रविधि हस्तान्तरण, कृषि मार्गचित्र तथा किसान समूह सुदृढीकरणमा परियोजना केन्द्रित रहने जानकारी दिए ।

उद्घाटन समारोहमा कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाही, कृषि सचिव, प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, परियोजनाका कर्णाली प्रदेश संयोजक तथा स्थानीय सरोकारवालाको उत्साहपूर्ण सहभागिता थियो ।

कार्यक्रमले जुम्लामा उत्पादन वृद्धि मात्र होइन, व्यावसायिक कृषि, किसान आय वृद्धि, युवा रोजगारी र स्थानीय स्तरमै उद्यमशीलता विकासको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।

RHVAP करिडोर कार्यालय स्थापना भएपछि अब जुम्लामा उच्च मुल्यका बाली जैविक तरकारी, स्याउ, अर्गानिक फलफूल, दुग्ध तथा अन्य पशुपालन क्षेत्रमा प्रविधियुक्त कृषि पूर्वाधार र बजार पहुँच विस्तारमा योजनाबद्ध रूपमा कार्य अघि बढ्नेछ ।

कर्णालीको कृषि विकासमा नयाँ ऊर्जा थप्दै सुरु गरिएको यो परियोजनाले स्थानीय किसान, सहकारी, निजी क्षेत्र र सरकारी संयन्त्रबीचको सहकार्यलाई अझै मजबुत पार्ने अपेक्षा गरिएको छ ।

उच्च मुल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको करिडोर कार्यालय जुम्लामा उद्घाटन : ६ पालिकामा लागू हुने

स्थानीय तहमा पठाइएकाे बजेट कटाैती हुदैनन्: मुख्यमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *