घुयँत्राे: “बिरसिक्का”

देउबा (सभापति) अनि विश्वप्रकाश ( महासचिव )ले त ” झट मगनि चट ब्या” भन्ने उखानलाई ठ्याक्कै अनुकरण गरेछन त हँ ! बुझ्नु सुझ्नु केई छैन हत्तन पत्त पाटिकाे सदस्यतै दिन किन त्यस्ताे मरि हत्ते गर्या हाे कुन्नि ? कि त अपराधीलाई संरक्षण गरेछि गतिलै तरिकाले दाम कुम्ल्याम्ला भनेर हाेकि किन हाे कुन्नि ! लाेकतान्त्रिक पाटिकाे त्याे देवेन्द्र यादब भन्ने मान्छे असई थमन विककाे हत्याराका रुपमा फरार अभियुक्त हाे भन्ने था हुँदाहुँदै काँग्रेसकाे टिकट देर पाटिकाे बचेखुच्या साख समेत सिध्याउने खेलाँ देउबा किन लाग्या हुन कुन्नि देउबाकाे याे कर्तुत सुनेर सारामान्छे विराेधाँ उत्रेछि के माने शुन्नि फेरि भाेलिपल्टै सदस्यता खारेज गर्या देख्दा याे था पाउने मान्छेजति सब चकित बन्न पुगे । खासमा देउबा भनेका यस्ता जिनिसहुन जाे आँफुलाई मन परेछि अरुले जति सुकै विराेध गरेनि त्यसलाई कैल्यै न सच्याउने बरु उल्टै मान्छेलाई हकारेर पठाउने जिद्दिवाल नेताकारुपमा चिनिन्छन देउबा । तर याे चाेटि किन उनले सजिलै गल्ती स्वीकारेर भाेलपल्टै दिएकाे टिकट फिर्ता गर्ने निर्णय गरे यसले उनका किचेन क्याविनेट भित्रका नेताहरुनि आश्चर्यमा परेका छन ।

जिउँदै मान्छेलाई ईट्टा भट्टामा हालेर मान्छे मार्ने अफताब आलम जस्तालाई निर्दाेष भन्दै ढ्याङ्ग्राे ठाेक्दै अफताबकाे पक्षमा वकालत गरेर नथाकेका देउवा असई विककाे ज्यान मार्नमा फरार अभियुक्तकाे टिकट फिर्ता गर्न उनलाई कल्ले सल्लाह दियाे र उनले त्यति सजिलै सल्लाह मननेर टिकट फिर्ता गरे ऐले काँग्रेस भित्र त्यै सल्लाकारकाे खाेजि भै रहेकाेछ कि काँग्रेसमा त्यस्ताे काे पात्र वा नेता छ जाे उसले भनेका कुरा देउबाले मान्छन । देशमा नेताहरु र सरकारले मच्चाएकाे भष्टाचार र बेथितिका विरुद्ध सरकारले आवाज उठाई रहेका बेला सरकारसित गठबन्धनमै रहेका कारण काँग्रेसले वेथितिमा सुधार गर्न अटेर गरेर एमालेलाई मदमत्त तरिकाले चल्न दिँदा रुस्ठ भएका जनता ऐले देशैभर काँग्रेसका विपक्षमा छन ।सभ्भब त हिजाेकाे जस्तरि सजिलै जनता काँग्रेसतिर फर्किने वालापनि छैनन । यस्ताे अबस्थामा अँझैपनि नेताहरुले एकपछि अर्काे गल्ती गर्दै जाने र जनअपेक्षा विपरित काम गर्दै जाने हाे भने ८४ काे चुनाबमा माओवादि भन्दा पनि पतुर पाटि भएर निस्किन सक्छन धेरै नेताले ऐलेकाे जन विद्राेहकाे स्वरलाई घाेषणा पत्रका खाेक्रा आश्वासनमा जनता फर्काउन सकिन्छ भन्ने साेचेका छन र उनिहरु जनताले हिजाे जसरि बाध्यभएर काँग्रेसलाई भाेट हाल्थे र ८४ काे चुनाबमा पनि हाल्छन भन्ने हठमा छन र नेताहरुलाई पनि त्यै किसिमले व्रिफिङ्ग गरिरहेकाछन त्याे नै काँग्रेसका लागि सबैभन्दा घातक हुनेछ ।

एमालेसित लागेर उसका हरेक निर्णयलाई थपडि बजाउँदै हिँडने प्रवृत्ति र काँग्रेसभित्रका केही गिराेहहरुकारण दिनप्रतिदिन बदनाम हुँदै गएका काँग्रेस का मन्त्रीहरु खासगरि दीपक खडका, कृषिमन्त्री अधिकारी र वनमन्त्री शाहिका कारण पनि जनता रुष्ठछन । गठबन्धनमालगएछि गठबन्धन वालाकाे मात्रै कुरा सुन्ने तर जनताकाे कुरा नसुन्ने प्रवृत्तिका कारण पनि जनता काँग्रेसशीत वाक्कछन । यस्ताे बेलामा अँझ अपराधिहरु भित्र्याउन खाेज्ने हाे भने आउने चुनाबमा बुढाे जेनेरेसनलाई त राेजिराेजि बदला लिन जनतातयार छन भने बूढाहरुकै कारण युवाहरुकाे पनि चुनावि रामनाम सत्यहाे हुन बेर छैन त्यसैले पितृभै सकेका नेताजीहरु आफ्नाे सत्यानास हुने देखेर युवाकाे जिन्दगीनि सत्यानास नगर्दिनुस । अनि अपराधि कता भेटिन्छन भनेर दिउसै लाइट बालेर हिँडने काम नगरम ।

घुयँत्राे: “बिरसिक्का”

डिकेशनाथ योगीकाे मृत्यु :मृत्यु प्रकरण ७ सदस्यीय

घुयँत्राे: “बिरसिक्का”

भगवती जात्रा अमूल्य धरोहरः मुख्यमन्त्री आचार्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds