लुम्बिनी प्रदेशमा महिला उद्यमी महासंघको ९ सदस्यीय तदर्थ समिति विस्तार

बाँके ,२९ साउन ।

महिला उद्यमी महासंघ नेपालले लुम्बिनी प्रदेश स्तरिय कार्यसमिति विस्तार गरेको छ। बाँकेकी महिला उद्यमी सरस्वती शर्मा पराजुलीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति बुधबार घोषणा गरिएको हो।

समितिको उपाध्यक्षमा सुनिता चन्द राना (पाल्पा), सचिवमा अनिता खड्का (रुपन्देही) र कोषाध्यक्षमा अन्जु गुरुङ (बाँके) चयन भएका छन्। त्यस्तै सदस्यमा यशोदा पाण्डे (दाङ), कल्पना कुँवर (कपिलवस्तु), उमा पन्त क्षेत्री (बर्दिया), हिरा घले गुरुङ (रोल्पा) र निर्मला खत्री (गुल्मी) रहेका छन्।

सोही अवसरमा नेपालगन्जमा आयोजित एक समारोहका बीच महासंघले लुम्बिनी प्रदेशसँगै कोहलपुर नगरपालिका स्तरिय समिति पनि विस्तार गरेको थियो। नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा दुवै समिति विस्तार गरिएको हो।

कार्यक्रममा महिला उद्यमी महासंघ नेपालकी केन्द्रिय अध्यक्ष शोभा ज्ञवालीले महासंघलाई स्थानीय, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्म विस्तार गर्ने योजना अनुसार समिति गठनको काम सुरु गरिएको बताइन्। “२३ वर्षको इतिहास बोकेको महासंघलाई अझ उचाइमा पुर्याउन हामी लागिपरेका छौं,” उनले भनिन्।

लुम्बिनी प्रदेशमा महिला उद्यमी महासंघको ९ सदस्यीय तदर्थ समिति विस्तार

बाइस लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक

लुम्बिनी प्रदेशमा महिला उद्यमी महासंघको ९ सदस्यीय तदर्थ समिति विस्तार

सम्पादकीय : रिक्त निकायलाई तत्काल पूर्णता देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds