घुयँत्राे:“अख्तियारको ‘मुद्दा योग’: जागिर बचाउन मुद्दा दर्ता, जनताको मुद्दा बेवास्ता!”

हैन ! कति बाठा हुन के अख्तियारवालाहरु नि ! जेन्जीहरले अख्तियारका आयुक्त र मुख्य आयुक्त केपि बाका हनुमान प्रेम कुमार राईकाे राजीनामा मागेर अख्तियार घेरेछि त्यसकाे भाेलि पल्टै तत्कालीन भूमि मन्त्री रन्जिता श्रेष्ठ ( रेशम चाैधरीर पत्नि ) र सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालगायत ७ जना नाममा विशेष अदालताँ मुद्दा दायर गरेर आँफुहरु राजीनामा नदिने बाटाे पाे खाेज्दैछन त हँ । हैन यी अख्तियारका मान्छे तालिम प्राप्तै हुन कि क्या ? कुनै कार्यालय,समिति वा ठेक्दारले भष्टाचार गर्याे भने अख्तियारका जिल्लातिरका कर्मचारी दाैडिदैँ त्याे भष्टाचारीकाँ पुगेर लेनदेनकाे कुरा मिलाएर अख्तियारले पक्राउनै नगर्ने मेसाे मिलाउनमा खप्पिस देखिन्छन । त्यस्तै केन्द्रका पदाधिकारीनि भष्टाचारीयाँनि नपरियाेस जागिरनि नजाओस भनेर हत्तनपत्त मुद्दा लयर दर्ता गर्या खेलले त झन अख्तियार नै भष्टाचारकाे खेलाँ बढि डुब्याजस्ताे देख्खियाे । बुधबार दर्ता गराएकाे याे ७ जनाकाे विरुध्दकाे मुद्दा त भख्खरै उठ्या हैन क्यारे । आजभन्दा ३ मैना अघि उठेर प्रमाणित भएछि गुप्ताले राजीनामा दिएर ३ मैना अघिदेखि सन्चार माध्यममा भूमी मन्त्री बलराम अधिकारीकाे नाम समेत जाेडिएपछि बाका प्रियपात्र अधिकारीलाई बचाउन बाले अख्तियारलाई मुद्दा नचलाउन आदेश दिएछि मुलतबिमा राखिएकाे याे फायल अघि बढाएछि आफ्नो जागिर जाेगाउन सकिन्छकि भनेर अख्तियारवालाहरु कसरत त गर्दैछन तर जेेनजी आन्दोलनकारीका धेरै समूह भएकाले याैटा समूहले छुट दिँदैमा सबैले देलान भन्न सकिन्न त्यसैले तपाइँहरकाे प्लानपनि सफल हाेलाजस्ताे देख्खियन है अख्तियारका सरहरु । तर याैटा कुराछनि तपाईंहरुले राजनीतिक दवाबमा जतिपनि मुद्दा आयाेगाँ थुपारेर आजसम्म जसरि सयल काटनु भाथ्याे नि ती सबै मुद्दा अदालताँ दर्ता गराएर अघि बढनु भाे भनेचाइँ राजीनामा माग्ने कुरा बन्दनि हुन सक्छ हैन भने त जेन्जीका नजराँ परियाेपरियाे जसरि भएनि उनरले राजीनामा मागेरै छाड्छन । तपाईंहरकाे जेनजीबाटछुटकारा पाउन याे विशेष अदालताँ मुद्दा हाल्ने काईदाले फेल खाने भाे । जेनजीहरु राईकाँ राजीनामा माग्न जाँदाकाे दृष्य हेर्दा त राईले भख्खरै राजीनामा दिन्छनकि जस्ताे गर्याथे त अनि फेरि रात गए अग्राथ पलाउँछ भन्याझै आन्दोलनकारीहरु अख्तियाराट निस्कने वित्तिकै तिनरलाई भुलाउन विशेष अदालताँ मुद्दा दर्ता गरे जागिर जाेगिन्छ र कसैलेनि राजीनामा दिन पर्दैन भनेर कुनचाइँ सल्लाकारले सल्ला देछ कुन्नी ? हेरम याैटा मुद्दा दर्ताकै भराँ राजीनामा दिन परेन भने याे ब्यवस्थानि राम्रै हाे । भाेलि अदालतका न्यायाधीश,पुलिस,मन्त्रालयका सचिव सबले पेन्डिङमा र का एकुन्टा काम गर्दियाे अनि जेनजीलाई खुशी बनायाे किन चाइयाे भष्टाचारकाे अन्त्य , किन गर्नु पर्याे भष्टाचारीलाई कार्वाहि ? हिजाे ओलिकाे सरकारले जे गर्याथ्याे ऐलेकाे सरकारलेनि त्यै गर्दै जाने अनि ओलि र याे सरकाराँ के फरक भाे र ? भष्टाचारीका खेल बुझि सक्नु छैनन । गाह्रो छ हाे ,याे खेल सजिलै सक्कियलाजस्ताे छैन ।

घुयँत्राे:“अख्तियारको ‘मुद्दा योग’: जागिर बचाउन मुद्दा दर्ता, जनताको मुद्दा बेवास्ता!”

तिहार नजिकिँदै जुवातासमा कडाइः नेपालगञ्जमा १४ जुवाडी

घुयँत्राे:“अख्तियारको ‘मुद्दा योग’: जागिर बचाउन मुद्दा दर्ता, जनताको मुद्दा बेवास्ता!”

अस्पताल प्रशासन र जेन–जी समूहबीच पाँच बुँदे

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds