दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना


सुर्खेत । दशौ राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना गरिएको छ । युवा तथा खेलकुदमन्त्री एवं मूल आयोजक समिति संयोजक तेजुलाल चौधरी, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी सहभागितामा सचिवालय स्थापना भएको हो ।


आगामी जेठ ३ गतेदेखि १० गतेसम्म कर्णालीमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालयको गरिएको छ ।


पूर्वनिर्धारित समयमा प्राविधिक कारणले हुन नसकेको अब निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुने मन्त्री चौधरीले बताए । ‘कर्णाली प्रदेशको खेलकुदलाई साहसिलो कदमका रूपमा लगानी गरिएको छ,’ उनले भने,‘रंगशाला लगायतका खेल पूर्वाधार निर्माण गरिएको छ ।’


निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न जिम्मेवार व्यक्तिहरू अलमल हुन नमिल्ने मुख्यमन्त्री कँडेलले बताए । ‘जेठको महिना खेलकुद प्रतियोगिताको लागि मौसम अनुकूल नहुनेमा आशंका उठिरहेको छ,’ उनले भने,‘भन्दै उनले खेलसम्बद्ध व्यक्तिले सकारात्मक धारणा जोगाउनु पर्नेछ ।’

दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना

“महिला अधिकारको व्यवहारिक कार्यान्वयन आवश्यक“: सांसद सन्जु

दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना

‘म भीरबाट खसेँ, छिटो आउनु’ भनेर फोनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds