आगलागीबाट क्षतिग्रस्त जैसपुर प्रहरी चौकी अमेरिकास्थित नेपालीको सहयोगमा पुनः सञ्चालन

बाँके,१७ असोज  ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगलागीबाट क्षति पुगेको बाँकेको नेपाल–भारत सीमा नजिकैको इलाका प्रहरी कार्यालय जैसपुर चौकी पुनः मर्मत गरी सञ्चालनमा ल्याइएको छ।

पत्रकार आशिष मल्ल ठकुरीको पहलमा अमेरिकामा बसोबास गर्ने नेपालीहरूले करिब दुई लाख १६ हजार रुपैयाँ सहयोग संकलन गरी भवनमा रंग–रोगन र आवश्यक सामग्री खरिद गरिएको हो। मल्ल ठकुरीका अनुसार अमेरिकामा रहेका २१ जना नेपालीको योगदानमा संकलित रकमले चौकी पुनः सञ्चालनमा ल्याउन सम्भव भएको हो।

दशैं–तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा सुरक्षामा देखिएको चुनौतीलाई सहज बनाउनका लागि गरिएको यो सहयोगलाई स्थानियले प्रशंसनीय कदम भनेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अङ्गुर जिसीले सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै प्रहरी सङ्गठनले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

यसैबीच, आन्दोलनका क्रममा सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गर्नेहरूमध्ये हालसम्म चार जनालाई नियन्त्रणमा लिएर मुद्दा दायर गरिएको बाँके प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट क्षतिग्रस्त जैसपुर प्रहरी चौकी अमेरिकास्थित नेपालीको सहयोगमा पुनः सञ्चालन

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन: यसबर्ष १५०

आगलागीबाट क्षतिग्रस्त जैसपुर प्रहरी चौकी अमेरिकास्थित नेपालीको सहयोगमा पुनः सञ्चालन

घुयँत्राे: “भाडा आकाश छुन थाल्दा, प्राधिकरणलाई जमिनमै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds