परम्परागत कुलो भत्काउदै, आरसिसि कुलो बन्दै

खाँडाचक्र नगरपालिका वडा नं. ५ को गौरबशाली आयोजनाको रुपमा लिईन्छ फयालकुलो । २०७८ सालको जनगणना अनुसार फयालकुलोको उपभोग गर्नेको संख्या २ हजार,४ सय,९८ जना छन् । फयालकुलो नभए खाँडाचक्र ५ का नागरिकहरुले आकाशे पानीको भरमा खेति गर्नुपर्ने बाद्यता छ ।
फयालकुलो सिचाईको लागि मात्र प्रयोग हुदैन । फयालकुलोबाट आउने पानी पशुचौपाया देखि कुटानी पिसानीका लागि घट्टलाई समेत प्रयोग गरिन्छ ।
उक्त कुलो हाल आरसिसि हुने काम भइरहेको छ । आरसिसि कुलो बन्ने भएपछी नागरिक हर्षित छन् । बर्षौ देखि पुरानै शैलीबाट प्रयोग हुदै आएको कुलो आरसिसि हुन थालेको हो । स्थानीय भिम प्रसाद चौलागाँईका अनुसार बाजेको पालादेखि साढे आठ किलोमिटर टाडाबाट पानी गाउँमा आउथ्यो । माटोको कुलो भत्किन्थ्यो । दुख हुन्थ्यो । अव ति दिन हराउलान की भन्ने आशा भिम प्रसादलाई छ ।

बर्षेनी एउटा गाउँबाट ४ जना ब्यक्ति कुलाको काममा खटिन्थे । कुलाको काममा खटिय वापत कुलाको काम गर्ने ब्यत्तिले धान,गहुँ,मकै लगाएतका अन्य अन्नबाली उठाइ कुलाको कामगर्ने ब्यक्तिलाई दिने गरेको स्थानीय खडानन्द चौलागाँईले बताउछन् ।
खाँडाचक्र नगरपालिका ५ घोडेनाका भक्त बहादुर शाहीका अनुसार विशेष गरि खाँडाचक्र नगरपालिका वडा नं. ५ का घोडेना,बिउरी,कार्कीवाडा,ढाडगाउँ,सालिमवाडा,मोटेला लगाएतका क्षेत्रका नागरिकहरुले कुलोको प्रयोग गदै आएछन् । परम्परागत शैलीको कुलो भत्काउदै आरसिसि कुलो निर्माण हुने भएपछी आफुहरु हर्षित भएको भक्त बहादुर शाहीको भनाई छ ।
खाँडाचक्र नगरपालिकाका रोजगार संयोजक बल बहादुर शाहीले कुलो दिर्घकालिन हुनुपर्ने र स्टेमेट अनुसार काम गर्नु पर्ने तथा समयमै निर्माण कम्पनीले काम सकाउनुपर्नेमा सुझाव समेत दिए ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रवलजंग शाहीले नगरपालिकाकै महत्वपुर्ण र गौरबशाली योजनाको रुपमा फयालकुलोलाई लिएकाले काम छिटो छरितो ,दिर्घ टिकाउ गर्नका लागि स्थानीय देखि निर्माण कम्पनी लागि पर्नु आवश्यक रहेको बताएका छन् । नगरपालिका र सम्वन्धित कार्यालयबाट बारम्बार अनुगमन समेत गर्ने शाहीको भनाई छ । शाहीले भने काम गर्नु ,रकमको चिन्ता नलिनु । बहुबर्षिय योजना भएकाले आवश्यक रकमको जोहो गर्नेमा लागि पर्ने प्रतिवद्धता समेत जनाए । उनले भने काम नगरेर रकम फ्रिज गएमा निर्माण कम्पनी जवाफदेही हुनुपर्नेछ ।
खाँडाचक्र नगरपालिका वडा नं. ५ को गौरबशाली योजना तथा बहुवर्षिय योजनाको रुपमा उक्त कुलोलालाई लिएको वडा अध्यक्ष देउराम विश्वकर्माले बताए । खाँडाचक्र नगरपालिका वडा नं. ५ मा अन्नबाली लगाएत कृषि खेति गर्नेका लागि फयालकुलो अति आवश्यक र महत्वपुर्ण रहेकाले वडा सरकारबाट एक जना प्रतिनिधी निर्माण क्षेत्रमा खटाउने वडा अध्यक्ष विश्वकर्माले बताए । काम के कस्तो भइरहेको छ । स्टेमेट अनुसार भयो की भएन ? यस विषयमा हप्तामा एकपटक अनुगमन गर्ने विश्वकर्माको भनाई छ ।
खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय कालिकोटका इन्जिनियर प्रबिन महतले यस योजनालाई दिगो टिकाउ गर्नका लागि र समयमै काम सम्पन्न गर्नका लागि कार्यालयबाट हुने सहयोग र अनुगमन भइरहेको बताए । महतले भने स्टेमेट भन्दा विपरित काम भए कार्यालयबाट रकम भुक्तानी नहुने बताए । पटक पटकको अनुगमन ,नागरिकको गुनासो र कामको प्रबृति हेरेर रकम भुक्तानीका लागि प्रक्रिया बढाउने उनको भनाई छ ।
कुलो निर्माणको जिम्मा पाएको डाईमण्ड निर्माण सेवाका संचालक कमल बहादुर शाहीले काम गर्न थुप्रै कठिनाई भएपनी आफ्नो कम्पनीले काम गरिरहेको बताएका छन् । भौगोलिक दृष्टिकोणले कुलोमा प्रयोग हुने सिमेन्ट,सरिया,बालुवा ढुवानीका लागि चुनौती छ । ट्रयाक ओपन मात्र भएको सडकमा ट्याक्टर मार्फत ढुवानी गर्नुपर्ने र सडक सकिएपछी दुई,तिन घण्टाको बाटोबाट कामदार मार्फत सामान बोक्नुपर्ने भएकाले समस्या देखिएको निर्माण सेवाका शाहीको भनाई छ ।
शाहीले भन्छन् लेखतिर काम गर्नुपर्ने, हिउँदमा जाडो,बर्खामा पानी आउने भएकाले वर्षमा बढिमा तिन,चार महिना काम हुने गरेकाले काममा ढिलाई भएको बताएका छन् । आफ्नो निर्माण कम्पनीले कामको जिम्मा पाएकाले समयमै स्टेमेट अनुसारको काम गर्ने र दिगो टिकाउको समेत काम गरेर कम्पनी प्रतिको नागरिकलाई विश्वास बढाउनेमा लागि परेको शाहीको भनाई छ । शाहीले भने हाल सम्म आफ्नो कम्पनीले पाएका निर्माणका कामहरु स्टेमेट अनुसार र दिगो टिकाउको काम गरेको शाहीको दाबी छ । निर्माण कम्पनीका अनुसार हाल सम्म १ हजार,७ सय मिटर कुलोको काम सम्पन्न भएको छ ।
खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय,खाँडाचक्र नगरपालिका र पत्रकारहरुको सयुक्त टोलीले अनुगमन गरेको छ । अनुगमनमा नेपाल पत्रकार महासंघ कालिकोटका सदस्य हस्त चौलागाँई(त्रिकाल) नागरिक दैनिकका संवाददाता ललित विष्ट लगाएत स्थानीय नागरिकहरुको उपस्थितीमा अनुगमन गरिएको हो ।





