सिम्तामा हाम्रो शहर परियोजना वारे भिजिङ्ग सेटिङ्ग सम्बन्धि अभिमुखिकरण
सुर्खेतको सिम्ता गाउँपालिकामा आज हाम्रो सहर परियोजनाबारे भिजिङ्ग सेटिङ्ग सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । संघिय प्रणाली अनुसार स्थानीय सरकारले सहरी विकास योजना अनुरुप अधिकारहरु प्राप्त गरेको जनाएको छ । स्थानीय प्राथमिकताका आधारमा योजना बनाउने अवसर पनि प्राप्त भएको जनाएको छ । स्थानीय निकायहरूमा सीमित क्षमता र प्रयाप्त स्रोतहरुको अभावले प्रभावकारी सहरी शासन रणनीतिहरुको कार्यान्वयनमा बाधा पुर्याएको सो कार्यक्रम जनाएको छ ।
परियोजनाका वारेमा डाक्टर तेज कार्कीले सहजिकरण गरे । डाक्टर कार्कीका अनुसार हाम्रो सहर परियोजनाको लक्ष्य, चुनौतीहरुलाई सम्बोधन गर्दै स्थानीय सरकार र सामुदायिक संस्थाहरुलाई परियारणमैत्री, जलवायु अनुकूल, उपेक्षित समुदायहरू समावेश हुने गरि दिगो सहरी नीतिहरू कार्यान्वयन गर्न जोड दिएको थियोे । सो कार्यक्रमले अध्ययन अनुसन्धानमा आधारित योजनाको निर्माण र कार्यन्वयन गर्न मदत पुर्याउने आसा राखिएको छ ।परियोजनाको मुख्य पक्ष नागरिक संलग्नता बढाएर सहरी विकासको निर्णय प्रक्रियामा सहभागी बनाउने हो। यस परियोजनाले समावेशी शासन, जलवायु अनुकूल पूर्वाधार र ज्ञानमा आधारित नीतिनिर्माणमा जोड दिएर नेपालका सहरिकरण तर्फ उन्मुख पालिकाहरुमा सुरक्षित, दिगो तथा सबैलाई पहुँचयोग्य शहरी वातावरणको विकास गर्ने समेत दावि गरिएको छ ।
हेल्भेटस नेपालले नेपालका विभिन्न शहरी क्षेत्रमा भविष्यमा लागू गर्न मिल्ने सहरी विकासका मोडेलहरू स्थापना गर्न चाहेको जनाएको छ ।सिम्ता गाउँपालिका ,हेल्भेटास नेपाल र वाइजिजिपिको साझेदारीमा संचालित “हाम्रो शहर परियोजना “अन्तर्गत सरोकारवालाको उपस्थितिमा भिजन सेटिङ्ग कार्यक्रम गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मिको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दको आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको घनश्याम केसिले जानकारी दिए । हेल्भेटास नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदार संस्था सुशासन प्रवर्द्धनका लागि युवा सिम्ताको सहजीकरणमा यो परीयोजना ४ बर्षका लागि संचालन हुने जनाएको छ ।