सम्पादकीय : वालविवाह र यसमा सोसल मिडियाको प्रभाव

कर्णाली प्रदेश आर्थिक चपेटामा त छ नै त्यसको संगसंगै वालविवाह झन ठूलो चुनौती रहेको छ । सामाजिक रुपमा पुरातन सोच, आर्थिक रुपमा कमजोर भएकै कारण वालविबाहको यो स्थिती रहेको भन्दा अत्युक्ति नहोला । उमेर नपुगि हुने विवाह शारिरिक रुपमा जोखीमयुक्त छ । शिक्षाको कमी, आर्थिक अभाव, परम्परागत बिचारधारा, उमेर नपुगी सन्तान जन्माउनु जस्ता कारण पनि कर्णालीको एउटा परिचय बनेको छ ।
अनमेल विबाहजस्तै वालविबाहले पनि व्यक्ति स्वयम्लाई त नकारात्मक असर पर्छ । भने उसको परिवारमा पनि त्यसको प्रत्येक्ष अप्रत्यक्ष असरहरु दिर्घकालसम्म परी नै रहन्छ । सानै उमेरमा विवाह गर्नाले शिक्षा लिन पाउँदैनन । परिवारमा पनि शिक्षाको कमिका कारण उनीहरुलाई सहि दिशानिर्देश गर्ने मान्छे नहुनाले वालविवाह हुने कारण मध्ये एक हो ।
बुवा आमाको १०/११ बर्षमा बिबाह गरेर घरबार चलाएका कुरा सुन्दै र समाज देख्दै आएका हुन्छन् । उनीहरुलाई पनि बुझाउन खोजेको भन्दा पनि भैतहाल्दो रहेछ । मेरा मामा, काका, फूपु तल्लाघरे, माथ्लाघरेको हेर्छन, देख्छन चलेकै त छ जीन्दगी भन्ने बुझ्छन । यो सहि शिक्षाको कमीको कारण वालविवाह बढेको छ । पहिला पहिला जवान हुने बेलासम्म कसैसंग बोल्न डराउँथे । पढाईमा सबैको पहुँच थिएन, अहिले हातहातै मोबाईल छ ।

एक ठाँउमा बसेर संसारभर हर उमेरका गतिबिधी हेर्न र सुन्न पाउँछन् । उमेर अनुसारका शारिरिक परिवर्तन गतिविधिप्रति चासो राख्छन । सोधेर, बुझेर, हेरेर भन्दा पनि अहिलेको पुस्ता आफै प्रयोग गरेर हेर्ने चाहना राख्ने सुविधा उपभोग गर्न खोज्दा पनि यि समस्या निम्तीएका हुन । पहिले–पहिले बिबाह भनेको के हो भन्ने थाहा नपाउँदै बाउआमा, आफन्तले विवाह गरिदिन्थे अहिले भने वालविवाह प्रायजसो बाउआमालाई थाहा नै नदिएर आफै गरेको पाउँछौ । यसले भविष्यमा पार्ने असर र जोखीमहरुको बारेमा शिक्षा दिने निकाय पनि थुप्रै छन् । करोडौं लगानी लागेको छ राज्यको यो रोकथामका लागी तर समय फेरिएको छ तर प्रबृत्ती फेरिएन ।
यो सिङ्गो राज्यकै जोखिमपूर्ण विषय हो । व्यक्ति, परिवार, समाज र सिङ्गो राज्यलाई समेत चुनौतो हो वालविबाह । उमेर नपुगी विवाह हुन्छ, १८/२० वर्षमा एक दुई सन्तानका बाउआमा बनिसकोका हुन्छन । बल्ल उनीहरुको बुद्धि छिप्पीन थाल्छ अनि उनीहरुलाई बिस्तारै घरका मन पर्न छोड्छ अनि परका मन पर्न थाल्छ । त्यसपछि सुरु हुन्छ वालविवाहका नकारात्मक असर ।
अनि एक अर्कालाई सामाजिक सञ्जालदेखी प्रयोग गर्न मिल्ने नमिल्ने सबै किसिमका हर्कत गरेर आफु त आफु थिए आफ्ना आफन्त नातागोता, समाज र राष्ट्र समेतले यसको असर बेहोर्नु परेको छ । यसका लागी लागि पर्ने निकाय पनि छन्, तिनका उपलब्धि प्रतिबेदन नामक किताबमा सिमीत छन् । केही व्यक्तिले जागीर खाएका छन् रोजीरोटी त्यहींबाट चलेको छ । समाजमा यस्ता कृयाकलाप ज्यु का त्यु छन् । कसले सुन्ने ? कसलाई सुनाउने ? सुनेर के हुने लगायतका प्रश्नको उत्तर दिने निकाय को ?
यसरी शिक्षाको अभाव, सामाजिक सञ्जालको गलत प्रयोग, बाउआमाको व्यस्तता, आफन्तभन्दा नजिकमा सामाजिक सञ्जाल, खुसी सुख सबै मिल्ने ठाउँ नै सोसल मिडियाका कारण वालविवाहमा बृद्धि भएको छ । हुन त परापूर्वकालदेखी नै वालविवाह सामाजिक प्रचलनका रुपमा रहेकै थियो । पछिल्लो समयमा जनचेतनात्मक कार्यक्रम, शिक्षाको सहज पहुँच लगायतले केही कमी आएको चाँही छ ।
सरकारी रेकर्डमा बढेको होला सबै रेकडेड पनि हुने कुरा भएन । मिलेसम्म त कसलाई कसको चासो रेकर्ड कसरी आउँछ । नमिले र निकायसम्म पुगेका फाईलको तुलनाले बढेको देखाएको छ । निकायमा रेकर्ड हुनेसम्म पुग्नु भनेको फेरी चेतनास्तरबृद्धि पनि हो । सोसल मिडियाको सही प्रयोग गर्ने संयन्त्र राज्यले नबनाउने हो भने वालविवाहमात्र होईन धेरैको भविष्य डामाडोल हुने कुरा चाँहि निश्चित हो ।






