जडिबुटी उत्पादनमा वृद्धि


चालु आर्थिक वर्षमा जिल्लामा जडिबुटी उत्पादन दोब्बरले वृद्धि भएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म निजी वन क्षेत्रबाट ८३ हजार आठ सय किलो गैरकाष्ठ वन पैदावार अर्थात् जडिबुटीजन्य वस्तु उत्पादन भएको छ । राष्ट्रिय वन क्षेत्रबाट ३७ हजार पाँच सय किलो गैरकाष्ठ वन पैदावार अर्थात् जडिबुटीजन्य वस्तु संकलन इजाजत दिइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी टेकनप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म दुई लाख ६१ हजार रुपैयाँ गैरकाष्ठ वन पैदावार अर्थात् जडिबुटीजन्य वस्तुबाट राजस्व प्राप्त भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाको राष्ट्रिय वन क्षेत्र र निजी वन क्षेत्रबाट पाँच लाख ९७ हजार ९३० किलो जडिबुटीजन्य वस्तु उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा तीन लाख ६१ हजार ८२६ किलोमात्रै निकासी भएकोमा आर्थिक वर्ष २०७८÷०७९ मा उत्पादन केही बढी भएको थियो ।

त्यस वर्ष चार लाख ३८ हजार ९५२ किलो जडिबुटीजन्य वस्तु निकासी भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा पाँच लाख ७६ हजार रुपैयाँ राजस्व जडिबुटी जन्य वस्तुबाट प्राप्त भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ६ लाख ३८ हजार र आर्थिक वर्ष २०७९÷०८० मा घटेर पाँच लाख ६१ हजार रुपैयाँ राजस्व जडिबुटीजन्य वस्तुबाट जिल्लामा प्राप्त भएको थियो ।

टिमुर उत्पादन वृद्धि
चालु आर्थिक वर्षको हालसम्म निजी वन क्षेत्रबाट सबैभन्दा धेरै टिमुर निकासी भएको छ । टिमुर १० हजार पाँच सय किलो निकासी भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । गत आर्थिक वर्षमा एक लाख ६९ हजार आठ सय पाँच किलो टिमुर उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा ८५ हजार नौ सय ६ किलो र आर्थिक वर्ष २०७८÷०७९ मा दुई लाख ४१ हजार ७४२ किलोे टिमुर उत्पादन उत्पादन भएको थियो ।

यस वर्ष कालिकाठ एक हजार ३२० किलो उत्पादन भएको छ भने रिठा एक हजार २६० किलो उत्पादन भएको छ । तेजपात पाँच सय किलो, मालागेडी÷सुगन्धकोकिला २९ हजार किलो, दालचिनी १४ हजार ३२० किलो, काउलो २५ हजार पाँच सय किलो र दारुहल्दी÷चुत्रो एक हजार चार सय किलो निकासी भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । त्यस्तै राष्ट्रिय वन क्षेत्रबाट चालु आर्थिक वर्षको मंसिर २४ गतेसम्म आठ हजार किलो टिमुर निकासी गर्दा ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै पाँच हजार किलो कालीकाठ निकासी गर्दा २५ हजार रुपैयाँ, पाँच हजार किलो रिठा निकासी हुँदा १५ हजार रुपैयाँ, चार हजार किलो तेजपात निकासी हुँदा १२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी दुई हजार पाँच सय किलो मालागेडी÷सुगन्धकोकिला निकासी गर्दा ५० हजार रुपैयाँ, एक हजार पाँच सय किलो दालचिनी निकासी हुँदा १५ हजार रुपैयाँ, पाँच सय किलो काउलो निकासी हुँदा १५ हजार रुपैयाँ, दुई हजार किलो दुधे लहरा निकासी हुँदा चार हजार रुपैयाँ, दुई हजार किलो पुननवर्न निकासी हुँदा १६ हजार रुपैयाँ, एक हजार किलो पुदिना निकासी हुँदा दुई हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

एक हजार किलो काला दाना निकासी हुँदा सात हजार रुपैयाँ, पाँच सय किलो गुर्जो लहरा निकासी हुँदा दुई हजार पाँच सय रुपैयाँ, दुई हजार किलो अमला निकासी हुँदा चार हजार रुपैयाँ राजस्व संकलन भएको छ । एक हजार किलो टटेलो बोक्रा निकासी हुँदा पाँच हजार रुपैयाँ, पाँच सय किलो गिनेनी निकासी हुँदा सात हजार पाँच सय रुपैयाँ र एक हजार किलो असुरो निकासी हुँदा एक हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

उत्पादन धेरै निजी वनमा
गत आर्थिक वर्षमा निजी वन क्षेत्रबाट टिमुर एक लाख ४९ हजार ६७० किलो उत्पादन भएको छ । कालीकाठ २९ हजार ३७० किलो उत्पादन भएको छ । त्यसैगरी रिठा ८३ हजार ८७० किलो, तेजपात ४३ हजार ४५० किलो, मालागेडी÷सुगन्धकोकिला एक लाख ३९ हजार ६२० किलो, दालचिनी ३५ हजार २० किलो, काउलो ३६ हजार पाँच सय किलो उत्पादन भएको छ ।

यसैगरी, दारुहल्दी÷चुत्रो ९४० किलो, अमला पाँच सय किलो, गुर्जो लहरा एक हजार किलो र तिगेडी छ हजार ४६० किलो उत्पादन भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । गत आर्थिक वर्षमा राष्ट्रिय वन क्षेत्रबाट २० हजार १३५ किलो टिमुर उत्पादन भएको छ । कालादाना ६ हजार ४० किलो, रिठा सात हजार ३५० किलो, तेजपात ६ हजार किलो र ११ हजार पाँच सय पाँच किलो मालागेडी उत्पादन भएको छ ।

त्यसैगरी दालचिनी एक हजार पाँच सय किलो, काउलो पाँच सय किलो, दारुहल्दी÷चुत्रो एक हजार पाँच सय किलो, दुधेलहरा तीन हजार किलो, बेलफल एक हजार किलो, टटेलो बोक्रा दुई हजार किलो, धाइरो फूल एक हजार किलो, बर्रो दुई हजार किलो, अमला दुई हजार किलो, भृंगराज पाँच सय किलो, गुर्जो लहरा तीन हजार पाँच सय किलो, घोडेपाप्रे÷ब्रामी १५ सय किलो र पुननवर्न पाँच सय किलो उत्पादन भएको छ ।

दुई लाख राजस्व संकलन
चालु आर्थिक वर्षको हालसम्म राष्ट्रिय वन क्षेत्रबाट गैरकाष्ठ वन पैदावार अर्थात् जडिबुटीजन्य वस्तु निकासी गर्दा दुई लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष पाँच लाख ७६ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्ष टिमुर निकासी गर्दा दुई लाख एक हजार ३५० रुपैयाँ राजस्व संकलन गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । यसैगरी, राष्ट्रिय वन क्षेत्रबाटै मालागेडी निकासी गर्दा दुई लाख पाँच हजार रुपैयाँ राजस्व उठाइएको छ ।

त्यसैगरी कालादानाबाट ३१ हजार दुई सय, रिठाबाट २२ हजार ५० रुपैयाँ, तेजपातबाट १८ हजार, दालचिनीबाट १५ हजार रुपैयाँ, काउलोबाट १५ हजार, दारुहल्दी÷चुत्रोबाट १५ हजार रुपैयाँ, दुधेलहराबाट ६ हजार रुपैयाँ, बेलफलबाट दुई हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै टटेलो बोक्राबाट १० हजार रुपैयाँ, धाइरो फूलबाट एक हजार रुपैयाँ, बर्रोबाट चार हजार रुपैयाँ, अमलाबाट चार हजार रुपैयाँ, भृंगराजबाट दुई हजार पाँच सय रुपैयाँ, गुर्जो लहराबाट १७ हजार पाँच सय, घोडेपाप्रेबाट तीन हजार र पुननवर्नबाट चार हजार रुपैयाँ राजस्व संकलन भएको छ ।