टाउकोमा सामान्य चोट सहित खाम्चाको शव

लेकवेशी नगरपालिका–७ का स्थानीय ३१ वर्षीय बालकृष्ण खाम्चाको शव मंगलवार फेला परेको थियो । उनको शव आफू बस्ने घर नजिकै निर्माणाधीन घरमा फेला परेको सुर्खेत प्रहरी कार्यालयका डिएसपी लक्ष्मण शाहीले बताए ।
उनका अनुसार खाम्चाको टाउकोमा सामान्य चोट पनि देखिएको छ । शव पोष्टमर्टमको लागि प्रदेश अस्पताल लगिएको छ । पोष्टमर्टमको रिर्पोट आउँन २÷३ लाग्ने डिएसपी शाहीले बताए ।
बालकृष्ण खाम्चालाई भने मृगी रोग रहेको र अन्य रोग भने त्यस्तो अहिले केहि नदेखिएको उनले जानकारी दिए । बाँकी पोष्टमर्टम रिर्पोट पछि मात्र थाहा हुने शाहीको भनाई छ । घटनाको बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।





