प्रहरीले दियो जुम्लाका कैदीलाई पुस्तक
जुम्ला प्रहरीले कारागार जुम्लाका कैदी बन्दीलाई किताब उपलब्ध गराएको छ । प्रहरीले कैदीलाई भित्रै अध्ययन गेरर ज्ञान आर्जन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक हस्तान्तरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतिका अनुसार नेपाल प्रहरी श्रीमति संघको ४० औँ बार्षिक उत्सवको अवसरमा पुस्तक दिइएको गरिएको हो । कैदीबन्दीलाई ज्ञान दिने उद्देश्य छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिले पुस्तक हस्तान्तण गरेका थिए ।
चाँदीको घेरा थान ८, शंकराचार्यको जीवनी थान १, पानी र मानवता थान १, आधुनिक नेपाली महाकाब्य थान १, मान्छे निवन्ध संग्रह थान १, संकराचार्यको जीवनी थान १, अब्यक्त गिता थान १, रामकृष्ण र बुद्ध दर्शन थान एक सहित विभिन्न ३० थान पुस्तक हस्तान्तरण गरिएका छन् । प्रनाउ कामतीले पुस्तक सँगै १६ थान लुडो र चेस उपलब्ध गराईएको थियो । पुस्तक तथा खेल सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुस्तकले बन्दी भएको अवस्थामा समेत अध्ययन गरेर ज्ञान दिन सक्ने भएकाले सजिलो हुने बताए ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले ठूला ठूला विद्धानहरु कारागारमा बन्दी जीवन विताईरहेको समयमा अध्ययन गरेर, पुस्तक लेखेर राम्रो विद्धान भएकाले किताबी अध्ययन गर्न अनुरोध गरे ।
यता कैदी लेकेन्द्र बुढाले किताब उपलब्ध गराइएको धन्यवाद दिए । यस्ता कार्यले कैदीलाई हौसला मिल्नेछ । यस्तै अर्का कैदी धनबहादुर रावतले एउटा गाडीको आवश्यकता रहेको बताए । बिरामी भएको बेला अस्पताल सम्म बाइकमा जानुपर्ने समस्या छ । २० हजार रुपैयाँ बराबरको २३ प्रकारका ३० थान पुस्तक र खेलकुदका सामग्री हस्तान्तरण गरिएको उनले बताए । कारागारको पुस्तकालयमा धेरै प्रकारका ८ सय बढी पुस्तक रहेको जेलर जयाप्रसाद पाण्डेले बताए ।
अब कानुनी र न्याय सम्बन्धिका किताब आवश्यकता रहेको बताए । अहिले जिल्ला कारागारमा १ सय २३ जना कैदीवन्दी छन् । जसमध्ये ५ जना महिला छन् । २०७५÷७६ सालतिर तत्कालिन कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले कारागारमा पुस्तकालय अभियान थालेका थिए । कारागारमा पुस्तक थपिदै ८ सय बढी पुस्तक पुगेका हुन् ।