टमाटर खेतीमा जमेकी झलका


जुम्लाको चन्दननाथ नगरपालिका–२ बुढ्थाबाडा गाउँकी झलका ऐडी (बुढ्थापा) ले । दुई वर्ष सरकारी सेवा नाम निकालीन् । दुवै वर्ष झलकाको तीन कोटामा नाम आयो । महिला, खुल्ला र पिछडिएको कोटामा, तर दुर्भाग्यवश उनी अन्तरबार्तामा असफल भइन् । उनले २०७१ सालमा कृषि जेटिए पढेर सकाए लगत्तै आयोग तयारी गरेको बताउँछिन् । उनले जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा कृषि जेटिए पढ्केकी थिइन् ।

सरकारी जागिर खाने मौका नमिलेपछि वैदेशिक रोजगारीमा जान तयार भइन् । यता उनका पति अजय बुढ्थापाले टमाटर खेती गर न । कृषि पढेको मान्छे, किन जान्छौं दुख खेप्न परदेश भनेर सम्झाए ।

पतिको आग्रहमा ०७७ मा व्यावसायिक रुपमा टमाटर खेतीमा लागेर झलकाले वैदेशिक रोजगारीमा जाने सोच त्यागिन् । त्यसपछि सुरु भयो, उनकी नयाँ जीवन । गाउँमा टमाटर खेती गर्ने उनी पहिलो थिइन् । उनको व्यवसाय देखेपछि छिमेकीले अझै राम्रो गर्न सल्लाह सुझाव दिन्छन् । कृषि विज्ञहरु, कर्णाली प्राविधिक शिक्षालयका शिक्षक, विद्यार्थी र कृषकहरुले अवलोकन गर्छन् । हौसला दिन्छन्,झ उनले भनिन्न् । झन आत्मविश्वास बलियो भयो । उनले २१ वटा विरुवाबाट सुरु गरिन् । अहिले २ हजार १ सय टमाटरका विरुवा छ।२४ लाख लगानीमा यो व्यावसायको सुरुवात गरिएको हो ।

झलका ऐडीले उत्पादन गरेको टमाटर तस्बिर

उनका फर्ममा विषादीरहित टमाटर उत्पादन गरिन्छ । पहिलो वर्ष झलकाले आफैले खेती गरेकोमा टमाटर बेचेर पाँच लाख बढी रुपैयाँ कमाइन् । अनि निकै खुसी भइन् । हर्षका आँसु झरे । अहिले ३२ वर्षीया ऐडी कृषि व्यवसायबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण भएकी छिन् । विदेशमा गएर पैसा कमाउन धेरै मिहनेत गर्नु पर्छ,’ उनले भनिन्, ‘यहाँ थोरै मिहनेत गर्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ ।’

यहाँ आफ्नै गाउँको धूलो माटोसँग खेल्नु पर्छ । घरमै परिवारसँग बसेर कृषि कर्म गर्न सकिन्छ । बुधबार आफ्नो खेतबाट गोलभेंडा टिपेर एक ठाउँमा जम्मा गर्दै गरेको अवस्थामा उनी भेटिएकी थिइन् । पाँच हजार बर्ग मिटर क्षेत्रफलमा उनी खेती भइरहेको छ । जसमध्ये २ हजार ५ सय बर्गमिटर क्षेत्रफल लिजमा छ । २ हजार ५ सय आफ्नो जमिन हो । त्यसमध्ये १ हजार ५ सय बर्गमिटर क्षेत्रफलमम गोलभेंडा खेती भइरहेको छ । भने बाकी अन्य तरकारी भइरहेको छ । बन्दा,काउली,काख्रा र सिमी लगायत छन् । ‘बोटमा लटरम्मे टमाटर फलेको छ,’ असार महिना सम्म टमाटरले बजारमा राम्रै भाउ पाएको थियो ।

अहिले भाउ घटेको उनले दिइन् । अहिले ४० रुपैयाँ प्रतिकिलोमा टमाटर बिक्री गरीरहेको छुँ । यो वर्ष वार्षिक आठ लाख रुपैयाँसम्म आर्जन गर्ने सोचमा छन् । तिन टनेलमा लटरमै झुन्डिएका छन् । गाउँमा उनको पौरख देखेर थुप्रै महिला कृषि पेसा अगान लागेका छन् । उनी यो वर्ष कर्णाली प्रदेश अन्तर्गतको मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भइन् । मुख्यमन्त्री उत्कृष्ट पुरस्कार पाएपछि झलकाको चचर्चाले गाउँ नै तात्यो ।

धेरै महिला दिदीबहिनीहरु पछिल्लो समय त्यहाँ व्यावसायिक परामर्श लिन धाउँछन् । उनी आफूजस्तै महिलालाई सफल उद्यमी बन्न सल्लाह दिन्छन् । देशमै कृषि कर्म छाडेर युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम अझै रोकिएको छैन । जसका लागि यो गतिलो उदाहरण बनेको छ ।

उनका पति अजय बुढ्थापाले बताए । उत्पादन भएको टमाटर बजारमा खपत नभएको गुनासो छ । फर्ममै पुग्नेलाई ४० रुपैयाँ केजीमा टमाटर विक्रि गरेको उनको छ । बाहिरबाट आयतित टमाटरलाई विस्थापित गर्ने उदेश्य छ । राज्यले संकलन केन्द्र स्थापना गरेमा उत्पादन भएको टमाटर विक्रि वितरणमा सहज हुने अजय बुढ्थापा बताउँछन् । फर्ममा सिजनमा ९ जना जतिले नियमित काम पाइरहेका छन् । योङ्ग स्टार मल्टि एग्रो फर्म दर्ता गरेर टमाटर खेति गरिएको छ ।

कुहिएर टमाटर खेर फाल्नु भन्दा सस उत्पादन गरिएका छन् । बुढथापाले भने, उत्पादन भएको सस ६ महिनासम्म विक्रि गर्न मिल्छ । उत्पादन गरेको टमाटर बजारमा विक्रि नहुँदा कुहिएर खेर फाल्नु भन्दा सस उत्पादन गरेको बुढथापाले बताए ।