दशौँदी समाज नेपालद्वारा केन्द्रीय सल्लाहकार समिति घोषणा


दशौँदी समाज नेपाल केन्द्रीय समितिले २२ सदस्य संख्या रहने गरि हाललाई २० जनाको किन्द्रीय सल्लाहकार समिति घोषणा गरेको छ। गत चैत्र १८ गते केन्द्रीय संस्थापन समितिको अनलाइन भर्चुवल माध्यमबाट बसेको पुर्ण बैठकले केन्द्रीय समितिमा केन्द्रीय सल्लाहकारका लागि प्रस्ताव भएका २० जना सदस्यलाई अनुमोदन गरेको हो।

गत चैत्र १० गते संस्थापन केन्द्रीय समितिको बैठकले केन्दीय सल्लाहकार समितिमा २२ सदस्य रहने र चैत्र १८ गतेको केन्द्रीय समिति बैठकमा सल्लाहकार समितिकालागी दशौँदी समाज नेपालको सदस्यता लगि सकेका सदस्यहरु भित्रबाट नामहरु प्रस्ताव गर्ने निर्णय गरेको थियो।

संस्थाले सल्लाहकार समितिका लागि नामहरु चयन गर्ने जिम्मा समाजका बरिष्ठ उपाध्यक्ष प्रकाश क्षेत्री, सचिव मनोजकुमार दशौँदी र सह–सचिव लोकेन्द्र दशौँदी लगायतको टिमलाई दिएको थियो।

उक्त टिमले सम्पुर्ण भुगोल, योग्यता, अनुभवमा आधारमा समितिका लागि नामहरु सिफारिस गरेको हो।

अनुमोदित केन्द्रीय शल्लाकारहरुको नामावली :
१. हरिन्द्र कुमार दशौँदी (ठाँटिकाँध ३, दैलेख)
२. केश बहादुर दशौँदी (ठाँटिकाँध ३, दैलेख)
३. रंग बहादुर क्षेत्री (ठाँटिकाँध ३, दैलेख)
४. दान बहादुर क्षेत्री (ठाँटिकाँध ३, दैलेख)
५. हरिहर दसौदी (महाबु ३, बाँसी,दैलेख)
६. धन बहादुर दशौँदी (महाबु ३, बाँसी,दैलेख)
७. प्रेम बहादुर दसुनी (वि.न.पा ४,सुर्खेत)
८. रत्न क्षेत्री (वि.न.पा १४,सुर्खेत)
९. लक्ष्मी बहादुर क्षेत्री (वि.न.पा ३,सुर्खेत)
१०.मदन बहादुर क्षेत्री (वि.न.पा ६,सुर्खेत)
११. बम बहादुर क्षेत्री (नेपालगन्ज २,बाँके)
१२. इन्द्र बहादुर दशौँदी क्षेत्री (ठाँटिकाँध ३,दैलेख)
१३. नगेन्द्र बहादुर दशौँदी (नेपालगन्ज ३,बाँके)
१४ .हेमराज दसौदी (रुन्टीगढी ५,रोल्पा)
१५. भुपेन्द्र दशौदी (रुन्टीगढी ५,रोल्पा )
१६. ओम प्रकास दसौदी (रुन्टीगढी ५,रोल्पा)
१७. लुद्र बहादुर दसौदी (रुन्टीगढी ५,रोल्पा)
१८. बिष्णु बहादुर दसौदी (रुन्टीगढी ५,रोल्पा)
१९. बासुदेव दशौदी (खप्रेङ्गखोला ८,प्युठान)
२०. सिताराम दसौदी (छाँयाक्षेत्र ८,गोदे,सल्यान)

यस्तै, दशौँदी समाज नेपाल, नेपाल सरकारवाट मान्यता प्राप्त एउटा विसुद्व नाफा वितरण नगर्ने सामाजिक संस्थाको रुपमा गत २०८० कार्तिकमा नेपाल सरकार समक्ष दर्ता भएको हो ।

विशेष गरि दशौँदी समाज नेपाल अधिराज्यभर छरिएर बसेका दशौँदी क्षेत्री जात अन्तरगत रहेका सम्पुर्ण दशौँदीहरुलाई एकताको एउटै मालामा उनेर दशौँदीहरुको पहिचान स्थापितर गरि दशौँदीहरुको बंसावली निर्माण गर्नुका साथै विभिन्न सेवामुलक सामाजिक कार्यहरु गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको समामाजिक संस्था हो।

यस संस्थामा हाल ११ जनाको संस्थापन केद्रीय समिति रहेको छ । जसमा अध्यक्षमा भक्त बहादुर दशौँदी, उपाध्यक्षमा चेतन कुमार दशौँदी, बरिष्ठ उपाध्यक्षमा प्रकाश क्षेत्री, सचिवमा मनोज कुमार दशौँदी, सहसचिवमा लोकेन्द्र कुमार दशौँदी, कोषाध्यक्षमा खम्विरा के.शी दशौँदी, सदस्यमा राजन कुमार दशौँदी क्षेत्री, बसन्त दशौदी, गणेश कुमार दशौँदी, उमेश दशौँदी र सुर्य बहादुर दशौँदी छन्।

यस्तै, दशौँदी समाज नेपालले संस्थाको बजेट निर्माणका लागि हाल हरेक केन्द्रीय समिति सदस्यबाट हरेक महिनाको मासिक बैठकमा मासिक लेवि उठाईरहेको छ भने नयाँ बन्ने हरेक सदस्यहरुबाट सदस्यता दस्तुर २०० रूपैयाँका दरले संकलन गरिरहेको छ ।

दशौँदी समाज नेपालले पहिलो चरणको सदस्यता वितरण गत २०८० फागुन अन्तिमबाट रोकेको छ । संस्थाले दोस्रो चरणको सदस्यता वितरण आउदो २०८१ बैशाख १ बाट सुरु गर्ने संस्थाले जनाएको छ । हालसम्म सदस्यतामा समावेश भएका जिल्लाहरुमा ः दैलेख, सुर्खेत, बांके, दाँङ, सल्यान, प्युठान, रोल्पा गरि ७ जिल्ला समावेश छन् ।

दशौँदी समाज नेपालद्वारा केन्द्रीय सल्लाहकार समिति घोषणा

जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

दशौँदी समाज नेपालद्वारा केन्द्रीय सल्लाहकार समिति घोषणा

राप्ती लोकमार्ग दैनिक सात घण्टा बन्द हुने