एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामाः पाँच जनाको मृत्यु
काठमाडौंबाट रसुवा उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा क्याप्टेन सहित चार विदेशी नागरिकको मृत्यु भएको छ ।
जिल्लको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पुष्टि गरे ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट पाँच जनाको शव संकलन गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए । अन्य चारजना चिनियाँ नागरिक रहेको बताइएको छ ।