पैदल यात्रुलाई जनचेतना जगाउँदै ट्राफिक प्रहरी


ट्राफिक प्रहरीले सडकमै राखेर पैदल यात्रु र विद्यार्थीलाई जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरेको छ । नेपाल विद्यार्थी संघको आयोजनामा सडक दुर्घटना कम गराउन र पैदल यात्रुलाई ट्राफिक नियमबारे अभिमुखीकरण गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।

ट्राफिक हवलव्दार चन्द्रबहादुर डाँगीले विद्यालयका विद्यार्थी र अन्य पैदल यात्रुलाई सडकमै राखेर ट्राफिक नियमका साथै जेब्रा क्रसिङबारे जानकारी दिएका थिए ।

नेविसंघ केन्द्रीय सदस्य नरबहादुर भण्डारीले कसरी जेब्रा क्रस गर्ने र यसका फाइदाबारे जानकारी दिने कार्य ट्राफिक प्रहरीबाट भएको बताए ।
त्यसैगरी, गाडीमा सीट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने नियमबारे पनि जानकारी गरिएको थियो । सबैलाई ट्राफिक नियमबारे जानकारी नभएकाले त्यसबारे जनचेतना जोगाउनु आवश्यक रहेको बेला नेविसंघले यो कार्यक्रम आयोजना गरेको हो ।

औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा यातायातका साधनहरु गुड्ने क्रम बाक्लीदै गएको बेला ट्राफिक नियम बारे जानकारी दिने कार्य बढाउनु आवश्यक रहेको छ । सो जनचेतना जोगाउने कार्यक्रममा विद्यार्थी र पैदल यात्रुहरुले यस सम्वन्धमा जिज्ञासा समेत राखेका थिए । डेढ घण्टासम्म सञ्चालन भएको सो कार्यक्रम ट्राफिक हवल्दार डाँगीले सो को जवाफ समेत दिएका थिए। सिमकोट मात्र नभएर जिल्लाभर यी नियमहरु तोड्न चालकका बिरुद्ध ट्राफिकलाई जानकारी गराएर सहयोग गर्न आवश्यक देखिएको छ ।

केही समयअघि ढलान भएको सडकमा जेब्रा क्रसको चिह्न निर्माण गर्ने कार्य ट्राफिकको समन्वयमा नेपाल विद्यार्थी संघ हुम्लाका सदस्यहरुले गरेका थिए । जेब्रा क्रसको चिह्न जिल्ला प्रशासन कार्यालय सडक र काली चोकमा निर्माण गरिएको हो । सो खर्च समेत नेविसंघले गरेको हो । कार्यक्रमका काँग्रेस कावा सभापति कैलाश भण्डारी उपसभापति बसन्त रोकाया, सचिव कृष्णबहादुर बोहरा, कोषाध्यक्ष बबिता शाहीलगायतको उपस्थिति थियो ।

पैदल यात्रुलाई जनचेतना जगाउँदै ट्राफिक प्रहरी

YUGAAWHAN NATIONAL DAILY (2081-04-19)