प्युठानमा एकै परिवारका तीनजनामा हैजा संक्रमण

प्युठानमा तीनजनामा हैजा संक्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् ।

गौमुखी गाउँपालिका– ५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मीनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट संक्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनैजनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनैजनामा हैजा पुष्टि भएको हो,’ उनले भने । गौमुखी गाउँपालिकाका आठजनामा झाडापखाला देखिएको थियो । उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्युठानमा एकै परिवारका तीनजनामा हैजा संक्रमण

एकवर्षमा एक सय ४० व्यावसायिक फर्म कारबाहीमा

प्युठानमा एकै परिवारका तीनजनामा हैजा संक्रमण

जुम्लामा मह बिक्रीबाट वार्षिक २४ करोड आम्दानी