डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध

डोल्पा ।
डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले डोल्पा सडक खण्डमा पर्ने अनारदुला भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करबगाड र खदाङ्गबीचको अनारदुलामा सडक माथिवाट खसेको पहिराले सडक अवरुद्ध हुँदा आवागमनमा समस्या भएको छ । आईतबार बिहानदेखि पानी पर्न बन्द भए पनि सुख्खा पहिरो भने खसिरहेको स्थानीय सम्झना बमठकुरीले बताईन् । सडक अवरुद्ध भएपछि जोखिम मोलेर नागरिकहरु आवतजावत गर्ने गरेको उनको भनाइ छ । भदौको पहिलो सातामा उक्त ठाउँमा पहिरो जाँदा एक साताभन्दा बढी सडक अवरुद्ध भएको थियो ।

पहिरोका कारण डोल्पादेखि नेपालगन्ज जाने र नेपालगन्जबाट डोल्पा आउने सवारी साधनहरुले वल्लोपल्लो गरेर यात्रुहरुलाई मेल गर्ने गरेको चालक मनराज बोहराले बताए ।

डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध

YUGAAWHAN NATIONAL DAILY (2080-05-09)

डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध

YUGAAWHAN NATIONAL DAILY (2080-05-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds