माउण्ट एभरेष्टको भूकम्प पिडितलाई राहत

जाजरकोट कुशे गाउँपालिका वडा नं. ३ का अतिविपन्न भूकम्प पीडित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । माउण्ट एभरेष्ट सेकेण्डरी स्कुल वीरेन्द्रनगर १ ढोडेखाली सुर्खेतमा कार्यरत शिक्षक कर्मचारीहरुको मासिक पारिश्रमिकबाट संकलित रकमबाट राहत सामाग्री वितरण गरिएको छ ।

विद्यालयलले शिक्षक कर्मचारीबाट संकलन गरेको १ लाख ६० हजार रकमबाट खाद्यान्न सामाग्री वितरण गरिएको छ । कुशे गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष टेक बहादुर हमाललाई विद्यालयका प्रिन्सिपल हेमप्रकाश ढुंगेनाले हस्तान्तरण गरेका थिए । साथै प्रधानमन्त्री राहत कोषमा २२ हजार नगद समेत जम्मा गरिएको जनाइएको छ ।

माउण्ट एभरेष्टको भूकम्प पिडितलाई राहत

YUGAAWHAN NATIONAL DAILY (2080-07-26)

माउण्ट एभरेष्टको भूकम्प पिडितलाई राहत

YUGAAWHAN NATIONAL DAILY (2080-07-27)