अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु
सल्यान, १ कात्तिक ।
अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेका छन् ।

सोमबार बेलुका धान काटेर घर फर्कने क्रममा उनीहरूलाई अरिङ्गालले टोकेपछि उपचारका लागि श्रीनगर स्थित परोपकार अस्पतालमा उपचारपछि मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले गम्भीर घाइते शोभाको भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको बताए ।
गोरखापत्र





