राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान

सुर्खेत । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाइ पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलार्इ पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

अदालतका न्यायाधीश भीमप्रसाद सापकोटाको एकल इजलासले आज कारागार चलान गरेको जिल्ला अदालत सुर्खेतले जनाएको छ ।

राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर उनीहरुलाई यौन दुर्व्यवहार गरेपछि उनिहरूविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

ती युवतीलाइ युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो गत जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाइ प्रहरीले पक्राउ गरेको थियो ।

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान

YUGAAWHAN NATIONAL DAILY (2078-03-16)

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान

‘विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरका छौं’

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds