अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी
काठमाडौं । पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी भएको छ।
मंगलबार दिउँसो अस्पतालमा आगलागी भएको महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।
‘अस्पतालमा आगलागी भएको खबर आएको छ। प्रहरी परिचालन भए पनि थप विवरण आइसकेको छैन’, प्रमुख विष्टले भने।
अहिले आगो निभाउने प्रयास जारी रहेको बताइएको छ।





