दैनिक उपभोग्य बस्तुका पसल बिहान ६ देखि ९ बजेसम्म मात्र संचालन हुने

सुर्खेत । सुर्खेत जिल्ला प्रशासन कार्यालय सुर्खेतले १४ गते राती १२ः०० बजेदेखि २०७८÷०१÷२१ गते राती १२ः०० बजेसम्म निषेधाज्ञा लागु गरेको छ ।

निषेधाज्ञाको समय लागू भए सँगै  मास्क, भौतिक दुरी लगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य बस्तु (तरकारी, खाद्य, दुध, ग्याँस) का पसल विहान ६ बजे देखि ९ बजेसम्म मात्र संचालन गर्न पाइने भएको छ ।

यस्तै आवश्यक सेवाको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्था समेत), सवारी साधन, पसल व्यवसाय संचालन र आवश्यक काम बाहेकको हिंडडुलमा समेत निषेध गर्ने निणर्य गरेको छ ।

यस्तै प्रशासनले यस आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बामोजिम कारवाही समेत गर्ने निर्णय गरेको छ । साथै कुनै पनि सेवा एवं कार्यमा संलग्न कर्मचारी÷व्यक्तिहरुले अनिवार्य रुपमा कर्मचारी परिचय पत्र एवं पोशाक लगाउनु पर्ने छ ।

संचालन गर्न पाइने सेवा एवं कार्यहरु
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा जस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य र हवाईसेवा समेत संचालन गर्न पाइने छन् ।

संचालन गर्न पाइने साधनहरु 
एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सरकारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधनहरु (परिचय र पोशाक अनिवार्य हुनुपर्ने) ।

 

दैनिक उपभोग्य बस्तुका पसल बिहान ६ देखि ९ बजेसम्म मात्र संचालन हुने

सरकारी कार्यालयलाई सातामा दुई दिन बिदा दिन

दैनिक उपभोग्य बस्तुका पसल बिहान ६ देखि ९ बजेसम्म मात्र संचालन हुने

बैषाख ३ गतेको घटनाले कर्णालीमा भगौडाको सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds