भेरीगंगामा धनुबास जेसिज नमुना गाउँ घोषणा

छिन्चु, १२ फागुन ।
भेरिगंगा जेसीजले नमुना जेसीज गाउँ घोषणा गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको भेरीगंगा जेसीजले भेरीगंगा नगरपालिका वडा नम्बर १ को धनुबास गाउँलाई मंगलबार जेसीज नमुना गाउँ घोषणा गरेको छ । भेरीगंगा नमुना जेसीज गाउँ घनुबासमा अहिले ५६ घरधुरी रहेका छन् ।

नमुना जेसीज गाउँ घनुबासका ५६ वटा परिवारलाई सोलार बितरण गरिने, जेसीज पुस्तकालयको ब्यबस्थापन गरिने,हरेक बर्ष स्वास्थ शिबिल संचालन गरिने,हरेक बर्ष १० जना जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने र उद्यम गर्न चाहने युवाहरुको लागि उद्यमशिलता तालिम संचालन गरिने कुराको घोषणा समेत जेसीजले गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै भेरीगंगा जेसीजका बर्ष २०२१ का अध्यक्ष रामु सुबेदीले जेसीजले धनुबासको आर्थिक, सामाजिक, शिक्षा, चेतना स्वास्थ्य, सरसफाइ र खेलकुदका सुचकलाई बिकास गर्नको लागि स्थानीय संघ संस्था, राजनितिक पार्टी, स्थानिय तह तथा बुद्धिजिबीहरुको सक्रिय सहभागीतामा जेसीज गाउँ निर्माण गरी प्रयोजना गर्ने मुख्य योजना रहेको बताए । अबको ५ बर्षमा साँच्चिकै नमुना जेसीज गाउँ बनाई स्थानीयलाई हस्तान्तरण गरिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल जेसीज २०२१ का कानुनी सल्लाहकार गोकुल सापकोटा, भेरीगंगाका नेकपा अध्यक्ष नरेन्द्र कार्की, नेपाली काग्र्रेस पार्टी सभापति बेदु गिरी,हिम शिखरका प्राचार्य, उद्योग बाणिज्य संघ भेरीका सचिव, विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न बिद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरुलाई मायाको चिनो स्वरुप सिन्की र आलु समेत बितरण गरिएको थियो । उक्त कार्यक्रम भेरीगंगा जेसीजका महासचिव नबराज कार्कीले संचालन गर्नु भएको थियो । भेरीगंगा जेसीज २०७४ फागुन ११ गतेका दिन व्ऋ नबराज उपाध्यको अध्यक्षतामा भेरीगंगाका युवाहरू मिटिन बसि निर्णय भए बमोजिम नेपाल जेसीजको विभिन्न प्रकिया पूरा गर्दै सन् २०१९ को राष्ट्रिय महाधिवेशनबाट पुर्ण रुपमा आधिकारिक रुपमा मान्यता प्राप्त गरी विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

भेरीगंगामा धनुबास जेसिज नमुना गाउँ घोषणा

बाफिकोटमा आँखा शिविर

भेरीगंगामा धनुबास जेसिज नमुना गाउँ घोषणा

मुख्यमन्त्री कार्यालयमा वादी समुदायको धर्ना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds